काठमाडौं/ नेपाली फिल्म क्षेत्रको एक समयकी सुपरहिट अभिनेत्री अरुणिमा लम्साल र नेपाली कांग्रेसका नेता युवराज श्रेष्ठबीच वैवाहिक सम्बन्ध विच्छेद भएको छ । गत आइतबार अर्थात् २०८२ साल वैशाख २८ गतेका दिन युवराज श्रेष्ठले डिभोर्सको कागजमा हस्ताक्षर गरेसँगै उनीहरुको औपचारिक सम्बन्ध टुङ्गिएको हो । यी २ बीचको वैवाहिक सम्बन्ध सुरूवात भएको निक्कै छोटो समयमै डिभोर्स भएको हो ।
स्वयम् युवराज श्रेष्ठले सामाजिक सञ्जाल टिकटकको लाइभमा आएर सम्बन्ध विच्छेदको पुष्टि गरेका छन् । उनले भावुक हुँदै भनेका छन्, “२०८२ वैशाख २८ गते दिनको ४ बजेर १० मिनेटमा मैले अदालतमा डिर्भोसमा साइन गरेको हो । हजुरहरूले नोटिस गर्नुहोला । जन्म, विवाह मृत्यु लेखेर आएको हुँदैन कोसँग हुन्छ कोसँग नहुने मेरो हुनु थियो भयो छुटिनु थियो छुटियो । सकियो । म एकदम धर्म कर्म गर्ने व्यक्ति हो।”
गत भदौमा विवाह बन्धनमा बाँधिएका यो जोडी जम्मा आठ महिनामै अलग भएको हो । अभिनेत्री अरुणिमाले अमेरिकाबाट नेपाल आएर गत वैशाखमै वारेसमार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् ।
@parikalanewsofficial
सुनसरीको बराहक्षेत्र नगरपालिका, चतरा निवासी युवराज नेपाली कांग्रेसका स्थानीय नेता हुन् । अभिनेत्री अरुणिमाले विवाहअघि युवराजले आफूसँग केही कुरा ढाँटेको आरोप लगाएकी थिइन् । यही आरोप र मनमुटाव सम्बन्ध विच्छेदको कारण बनेको अनुमान गरिएको छ । छोटो समयमै विवाह र त्यसको लगत्तै डिभोर्सको खबरले कला र राजनीतिक दुवै क्षेत्रमा चर्चा बटुलिरहेको छ ।















Discussion about this post