इटहरी/ समाजको गहिरो यथार्थलाई पर्दामा उतार्ने तयारीमा रहेको नेपाली फिल्म ‘महाभोज’ आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशविदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । समकालीन नेपाली समाजको वर्गसंघर्ष, राजनीतिक द्वन्द्व र सामाजिक चेतनालाई फिल्मको माध्यमबाट प्रस्तुत गर्न लागिएको यो फिल्म बहुचर्चित स्टार कास्ट र बलियो निर्देशनले भरिपूर्ण छ ।
फिल्मको प्रचार अभियानलाई थप बल दिँदै निर्माण पक्षले आइतबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । एक पोस्टरमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई एकसाथ देखाइएको छ, जहाँ पृष्ठभूमिमा रहेको पैसा र गम्भीर अनुहारहरूले फिल्मको राजनीतिक र सामाजिक सन्देशलाई झल्काउँछन् ।

त्यस्तै, दोस्रो पोस्टरले ग्रामीण परिवेशलाई समेटेको छ, जसमा ती कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालको समेत उपस्थिति छ । दुवै पोस्टरहरू रोयल भीमसेनले डिजाइन गरेका हुन् । निर्देशक दिनेश राउतका अनुसार टिजर वैशाख ९ गते मंगलबार सार्वजनिक गरिने छ ।
@parikalanewsofficial
सामाजिक यथार्थमा आधारित यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यन सिग्देल, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाह जस्ता कलाकारहरूको सशक्त अभिनय रहनेछ । हिमाल कडरियाको निर्माणमा तयार भएको ‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । कथा तथा पटकथा लेखक विकास सुवेदीले तयार पारेका हुन् ।














Discussion about this post