इटहरी/ यही चैत २९ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’को दोश्रो गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । सौगात मल्ल र सुरक्षा पन्तको अभिनय रहेको गीतमार्फत फिल्मको प्रेम पक्ष प्रस्तुत गरिएको छ । तराईको लोकेसनमा छायांकन गरिएको यो गीतमा सौगातले सुरक्षाप्रति देखाएको प्रेमभाव र त्यहाँको परिवेशलाई जीवन्त रूपमा उतारिएको छ । यसअघि ‘म त फ्यान भए’ बोलको गीत सार्वजनिक भएर लोकप्रिय भइसकेको छ ।
बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको स्वर, संगीत, मिक्सिङ र मास्टरिङ छ भने शब्द लेखेकी हुन् फिल्मकी निर्देशक कृषा चौलागाईंले । द पिक स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिनेश राजवाहक हुन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पिताम्बर’ कृषा चौलागाईंको निर्देशनमा तयार भएको हो । हेर्नुस् गीत ।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ ।
बाल कलाकारहरू आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले पनि फिल्ममा अभिनय गरेका छन् । फिल्मका निर्माता विशाल चौलागाईं हुन् भने सह-निर्मातामा पुरुषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं छन् । कार्यकारी निर्माता सुमन गौतम हुन् । फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शेरबहादुर लामा र मानकृष्ण महर्जनको क्यामेरा रहेको छ ।















Discussion about this post