Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सुशान्त केसीको स्वरमा फिल्म ‘कर्मा’को ‘पागल’ गीत, २४ घण्टा नपुग्दै ट्रेण्डिङमा

✍ परिकला न्यूज
चैत्र १९, २०८१ मा प्रकाशित
सुशान्त केसीको स्वरमा फिल्म ‘कर्मा’को ‘पागल’ गीत, २४ घण्टा नपुग्दै ट्रेण्डिङमा

इटहरी/ फिल्म ‘कर्मा’ यही चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । नयाँ वर्ष २०८२ को अवसर पारेर रिलिज हुन लागेको यस फिल्मको ‘पागल’ बोलको प्रेमिल गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक सुशान्त केसीको स्वर, शब्द र संगीतमा तयार भएको यस गीतलाई सुशान्तकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियो युट्युवमा सार्वजनिकको २४ घण्टा नपुग्दै युट्युब ट्रेण्डिङ मा देखिएको छ । यो समाचार तयार गर्दै गर्दा भिडियो युट्युब ट्रेण्डिङ को म्युजिक क्याटोगरी अन्तर्गत ट्रेण्डिङ को ९ औँ स्थानमा पुगेको छ । यो उकालो लाग्ने क्रममा निरन्तर चलिरहेको छ भने २ लाख ७२ हजार बढी पटक हेरिएको छ ।

विपीन कार्की र उपासना सिंह ठकुरीको प्रेम भावलाई समेटेको गीतमा, प्रेमको गहिराइलाई सुशान्तले आफ्नै शैलीमा उतारेका छन् । एकअर्काप्रतिको भावनात्मक आकर्षणलाई गीतले जीवन्त बनाएको छ । गीत सार्वजनिक हुनु अगाडि नै यसको छोटो क्लिप फेसबुक सर्ट तथा रिल्समा राखिएको थियो, जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । हेर्नुस् गीतको भिडियो ।

युवापुस्ताले मन पराउने खालको शब्द तथा संगीतका कारण निर्माण टिम यो गीतले राम्रो चर्चा पाउनेमा ढुक्क छ । ‘कर्मा’ फिल्मको लागि सुशान्तले गाएको यो पहिलो गीत हो । यसअघि थुप्रै चलचित्रबाट अफर आए पनि उनले फिल्मका लागि गीत गाएका थिएनन् । यस कारण पनि यो गीत उनका प्रशंसकहरूका लागि विशेष बन्ने अपेक्षा गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपीन कार्की र उपासना सिंह ठकुरी फिचर्ड छन् ।

साथै, फिल्मका विभिन्न दृश्यहरूसमेत भिडियोमा देख्न सकिन्छ । एक्सन, ड्रामा र सस्पेन्स जनरामा निर्माण भएको ‘कर्मा’लाई निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । फिल्ममा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् भने, संगीत निर्देशन भाष्कर स्वाँरले गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर निर्माण, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्सालको लगानी रहेको छ । साथै, फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । निर्देशक चौधरीको अघिल्लो फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

अगाडिकाे पाेस्ट

फिल्म ‘वसन्त’को गीत ट्रेण्डिङमा, ३ धर्मको विवाह संस्कार एकै भिडियोमा

अर्काे पाेस्ट

‘नरसिंहाः अवतार’ जेठ ९ गते, यस्तो छ राजेश र राजको क्यारेक्टर लुक्स

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana