इटहरी/ अभिनेता आयुष्मान देशराज जोशीकि आमा तथा अभिनेत्री प्रियंका कार्किकी सासुआमा रवीना देशराज श्रेष्ठले विवाह गरेकी छन् । उनि सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी छन् । उनले बिहीबार स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् । पारिवारिक जमघटमा यो विवाह सम्पन्न भएको हो । रवीनाकि श्रीमान स्टुआर्ट विश्व वन्यजन्तु कोषमा कार्यरत छन् ।
रवीनाकी बुहारी तथा अभिनेत्री प्रियंका कार्की सासुआमाको बिहेमा नाचेको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भैरहेको छ । यो विवाहलाई सकारात्मक तथा नकारात्मक दुबै प्रतिक्रिया आईरहेको छ । विवाह समारोहमा रवीनाका छोरा आयुष्मान, आशीर्मान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो । उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए ।
Discussion about this post