इटहरी/ धरानका मेयर हर्क साम्पाङ नेपाली अभिनेता भन्दा कम लोकप्रिय छैनन् । सिनेमा हलमा फिल्म अनि कलाकार के चल्लान् र, उनका स्ट्याटस त्यति धेरै हिट हुन्छन् । स्ट्याटस मात्रै हैन उनको काम देशदेखी बिदेशसम्म हिट हुन्छन् । सिधै भनौ न कसैले अहिलेका जनप्रिय नेता को छन् ? भन्दा पहिलो नम्बरमा उनै साम्पाङको नाम आउँछ । उनी नेता मात्रै हैनन् । गायक समेत हुन्, सामाजिक संजालमा कहिले काहिँ देख्नु नै भएको होला । त्यो मात्रै हैन उनले धेरै गीत समेत गाएका छन् । कोकाहा खोलाको पानी जनश्रमदानबाट ४५ किलोमीटर दुरि पार गर्दै धरान ल्यएपछी यतिबेला उनले धरानका अघिल्ला कार्यकालका जनप्रतिनिधिलाई राम्रै गरि धरानेमाझ चिनाइदिएका छन् । बर्षौदेखीको समस्या हो धरानमा खानेपानीको । राम्रै राजनीति चलेको कारण अहिलेसम्म धरानमा पानीको हाहाकार लागेको रैछ भन्ने कुरा मात्र ९८ दिनको यो उपलब्धि पछि भन्न सकिन्छ ।
बिरोध गर्नेहरु पनि एकातर्फ छन्, तर, त्यो बिरोधले उनलाई एक पाईला पनि पछि थकेल्न सकेन् । काकाकुल धरानमा पानीको धारा आएसंगै उनले आँसु पनि थाम्न नसकेको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भैरहेको छ । सरकारी बजेट खर्च नगरी आम नागरिकको तहबाट उनको यो सफलताले देशमा नयाँ तरङ्ग पैदा गरेको छ, आखिर चाहे के पो गर्न नसकिने रैछ र ? उनको यो कार्यलाई रङ्ग क्षेत्रका हस्तीहरुले समेत मुक्तकण्ठले तारिफ गरेका छन् । पानी धरान आइपुगेपछी साम्पाङको फुरुङ परेको तस्विरलाई सामाजिक संजालमा राख्दै निर्माता तथा अभिनेता दिपक राज गिरिले ‘हो ! यस्ता फोटाले चाहि आनन्द दिन्छ ! ठूला राजनीतिक गफ होइन, बिकास मात्रै लक्ष्य ।’ भन्दै स्ट्याटस लेखेका छन् । उनको स्ट्याटस मुनि धेरैले हर्कको कामको तारिफ गर्दै खुलेर कमेन्ट गरेका छन् ।
यस्तै गायक शिव परियारले पनि हर्कको तारिफ गर्दै सामाजिक संजालमा ‘मेयर साप ! धरानवासि जनताहरुलाई ४५ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउँन सफल हुनु भो, तपाँईलाई सलाम छ’ भन्दै स्ट्याटस पोस्ट गरेका छन् । यता फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले पनि धराने मेयरको कामको तारिफ गर्दै सामाजिक संजालमा ‘देश बनाउन चमत्कार गर्न पर्देन, काम गरे पुग्छ । तपाईलाई धरानबासीले सधै सम्झने छ । जय होस हर्क साम्पाङ को । यस प्रोजेक्ट लाई सहयोग गर्ने धरानबासीहरु, सम्पूर्ण गोर्खाली दाजूभाईहरु (British Gurkhas, Singapore Gurkhas, Indian Gurkhas)को पनी जय होस ।’ भन्दै लेखेका छन् ।
हास्य कलाकार विल्सम बिक्रम राईले पनि सामाजिक संजालमा हर्कको तस्विर सहित ‘हिजो माईक बोकेर विदुषक झैँ देखिँदै एक्लै हिँडेको मान्छे ! धरानको कुनै सडक गल्ली बाँकी थिएन होला ट्याम्पोमा प्रलाप गर्दै हिँडेको, त्यही सडक, गल्ली बाटो र माटोसँग जोडिएको मान्छे, जस्ले पानीको धारामा खुशीको आँसु बगेको थाहा नै हुन दिनु भएन । एक दृढ निश्चयी सच्चा अगुवा धरानले दुस्साहस र चुनौति सहित निरन्तरको राजनितिक प्रदुषणलाई घोक्रेठ्याक हान्दै रोजेको, देशले खोजेको हर्क साम्पाङ सुम्निमा परुहाङको आशिर्वाद मिलोस’ भन्दै स्ट्याटस पोस्ट गरेका छन् भने निर्देशक प्रदिप भट्टराईले पनि धरानको सपना पूरा भएको छ भन्दै हर्कले पोस्ट गरेको भिडियो आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन् । धरानमा यति हुँदै गर्दा अब मेलम्चीको मुद्दाले उग्र रुप लिने पक्का देखिएको छ । राज्यको एक रुपैया खर्च नगरी ९८ दिनमा धरानमा ४५ किलोमिटर बाटो पार गर्दै पानी आयो भने काठमाडौमा पुरै देश लाग्दा २५ वर्षमा पनि २६ किलोमीटर बाटो छिचोल्दै मेलम्चीको पानी आउन सकेको छैन । अब धरानबाट केही सिक्ने होकि ?
Discussion about this post