इटहरी/ एक दाजुले बहिनीलाई बचाउन नसक्दा भोग्नुपरेको असह्य पीडालाई चित्रण गर्ने म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको यो भिडियोले गरिबी र अभावले निम्त्याएको कठोर यथार्थ प्रस्तुत गर्छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द समावेश छ ।
भिडियोको कथा नेत्र लोज़ा गुरुङको आफ्नै जीवनको घटनामा आधारित छ, जसमा उनले मुटुरोगबाट पीडित बहिनीलाई समयमै उपचार गर्न नसक्दा गुमाउनु परेको पीडा समेटेका छन् । यस भिडियो फिल्ममा टिकाराम घले, माया गुरुङ, सुनिता गाहा लगायत करिब एक दर्जन कलाकारको अभिनय रहेको छ । हेर्नुस् भिडियो ।
सुजाता बस्यालको लेखन तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको कथा, सुबास शाहको सम्पादन, रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेको छ । ‘चेली’लाई एम सिरिज ग्लोबलले निर्माण गरेको हो । यसअघि पनि यस कम्पनीले निर्माण गरेका धेरै गीतहरूले दर्शकको मन जित्न सफल भएका थिए । जीवनका कठोर वास्तविकता झल्काउने यस म्युजिकल स्टोरी फिल्मले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ ।














Discussion about this post