इटहरी/ फागुनको पहिलो साताबाट छायाङ्कन सुरु हुने तयारीमा रहेको नेपाली फिल्म ‘वरिष्ठ बलराम’को औपचारिक घोषणा वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर गरिएको छ । चर्चित सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय प्रोजेक्टका रूपमा यो फिल्म निर्देशन गर्नेछन् ।
महेश दवाडीले लेखेको सामाजिक कथावस्तुमा आधारित यस फिल्ममा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन् । दयाहाङको अपोजिटमा देखिने अभिनेत्रीबारे भने निर्माण पक्षले खुलाएको छैन । अन्य कलाकारहरूको छनोट क्रमशः गरिने जनाइएको छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन मुख्य रूपमा तराईका विभिन्न स्थानमा गरिनेछ । निर्माण टिमले केही दिनमै टिजर सार्वजनिक गर्दै थप कलाकारहरूको नाम घोषणा गर्ने तयारी गरिरहेको छ । ‘वरिष्ठ बलराम’ २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ, जसले दर्शकलाई सामाजिक सन्देशसहितको मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ ।















Discussion about this post