इटहरी/ मिस नेपाल २०२३ को ग्राण्ड फिनाले भर्खरै सम्पन्न भएको छ । फिनालेबाट श्रीच्छा प्रधानले उपाधी हात पारिन् । यता मिस इन्टरनेसनल वर्ल्डको उपाधी जितेकी प्रसिद्धि शाह भने आलोचना र ट्रोलको सिकार हुन थालेकी छन् । सामाजिक संजाल टिकटकमा पोस्ट भएका उनको भिडियोहरुमा ४५ सेकेन्डमा दिनुपर्ने जवाफ झण्डै २ मिनेट लगाएकोमा उनी आलोचित बन्न थालेकी हुन् । पहिलो मिस नेपाल रुबि राणा शाहकि छोरी समेत रहेकी उनले नेपोटिजमका कारण मिस नेपालको नियमको प्रवाह नगरी बोलेको आरोप लाग्न सुरु भएको हो ।
आफ्नी छोरीको आलोचना र नकारात्मक कमेण्ट बढ्दै गएपछि रुबिले आयोजक टिममाथी नै प्रश्न गरेकी छन् । ग्राण्ड फिनालेमा उत्कृष्ट ५ को प्रश्नोत्तर राउण्डमा ४५ सेकेन्डमा जवाफ दिइसक्नु पर्ने भैसकेपछी अन्य प्रतिष्पर्धीले समयसीमा नाघ्दा माईक खोसियो भने प्रसिद्धिले समयसीमा नाघ्दा किन माईक खोसिएन ? भनेर आयोजकमाथी प्रश्न गरेकी छन् । उनले आफ्नो प्रश्नको जवाफ आयोजक हिडन ट्रेजरले पत्रकार सम्मेलन गरेर दिनुपर्ने बताएकी छन् । हैन भने पुनः उत्कृष्ट ५ बाट पुनः प्रश्नोत्तर गरेर मिस नेपाल २०२३ को फिनाले गर्न उनले सुझाएकी छन् ।
आफ्नो छोरीले मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको ताज ४५ सेकेन्डको समयमा दिएको जवाफले पनि जित्नसक्ने बताएकी छन् । यद्यपि उनकी छोरी अर्थात प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेसनलको ताज भने जितेकी छन् । तर, आमा रुबिको गुनासो भने नेपोटिजमको हावी भयो भन्ने आरोप लागेको र छोरीप्रती नकारात्मक टिप्पणी तथा ट्रोलको सिकार भएको प्रती रहेको बुझ्न सकिन्छ । आफुलाई निर्णायक र छोरीले जितेको उपाधीसंग कुनै पनि गुनासो नरहेको तर, आफ्नो छोरिले बोल्दै गर्दा समयमै माईक नखोसेका कारण अहिले मजाक भएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
Discussion about this post