इटहरी/ निर्देशक लक्ष्मण सुवेदीको नयाँ चलचित्र ‘सतीदेवी’ को मर्मस्पर्शी ट्रेलर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । यो चलचित्रले महिला सशक्तीकरणको सन्देश दिन र पितृसत्तात्मक सोचको विरोध गर्न बनाइएको सामाजिक कथावस्तुलाई प्रस्तुत गर्छ । ‘सतीदेवी’ आगामी भदौ ७ गते प्रदर्शन हुँदैछ । यसमा छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक सोच र समाजको कहानी प्रस्तुत गरिएको छ ।
निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई चलचित्रमा उतारेको बताएका छन् । चलचित्रको शीर्ष भूमिकामा मलिका महतको अभिनय रहेको छ । यसका अतिरिक्त सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतका कलाकारहरूको प्रमुख भूमिकामा अभिनय छ । हेर्नुस् ट्रेलर ।
बाल कलाकारहरू हर्षिका वली र मन्जिला बानियाँ पनि चलचित्रमा छन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र श्रीदेवी सुवेदीद्वारा निर्माण गरिएको छ । चलचित्रले पितृसत्तात्मक सोच र बाउछोरीबीचको सम्बन्धको कथा मार्फत समकालीन सामाजिक समस्याहरूलाई उजागर गर्न चाहेको निर्देशकको जिकिर छ ।
Discussion about this post