इटहरी/ समाजसेवी तथा फिल्म निर्माता सुमन राईले आफ्नो व्यवसायलाई विस्तार गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका राईन ज्वेलरी व्यवसायी हुन् । उनले बेलायतमा संचालन गर्दै आएको ‘अनुग्रह बुलियन’ नामको ज्वेलरी सोरुम ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ नाममा बेलायतकै अल्डरसटमा तेश्रो सोरुमको रुपमा यो नयाँ व्यवसाय सुरु गरेका हुन् । यसअघि उनले प्लमस्टीड र अल्डरसटमा २ ओटा ज्वेलरी व्यवसाय संचालनमा ल्याईसकेका छन् । तेस्रो ज्वेलरी व्यवसायको रुपमा उनले सोमबार उद्घाटन गरेका हुन् ।
यो उद्घाटन समारोहमा नेपालबाट समेत गोर्खा वारियरका निर्देशक एवम् लोकप्रिय निर्देशक मिलन चाम्स अतिथिका रुपमा सहभागी भएका थिए । यो ज्वेलरी शो रुमको त्यहाँकी मेयर मारा माकुनारुले औपचारिक उद्घघाटन गरेकी छिन् । बेलायतमा अनुग्रह बुलियनमार्फत आफ्नो छुट्टै स्थान बनाउन सफल सुमन राई र उनको टिमले ज्वेलरी क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै माराले नयाँ आउटलेटको सफलताको शुभकामना व्यक्त गरिन् । फिल्म निर्देशक यहि उद्घाटन कार्यक्रमकै लागी भनेर फिल्म ‘वर एण्ड वधु’ को गीत सार्वजनिक गरेलगत्तै बेलायत लागेका थिए ।
निर्देशक चाम्सले एक नेपालीको बेलायतमा यति ठूलो सफलताले आफू दङ्ग परेको भन्दै नयाँ ज्वेलरी व्यवसाय सुरु गरेकोमा गोर्खा वारियर निर्मातासमेत रहेका राईलाई शुभकामना दिए । अघिल्ला २ ज्वेलरी व्यवसायले दिएको सफलता र हौसलाको कारण तेश्रो ज्वेलरी व्यवसाय संचालनमा ल्याउने आँट आएको राई बताउँछन् । अनुग्रहण फाउन्डेसनका सँस्थापक अध्यक्ष पनि राई नै हुन् । यो फाउन्डेनमार्फत नेपालमा लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । यस्तै राईले यहि अनुग्रह कम्पनीमार्फत रोलेक्स घडीको बेलायतमा आधिकारिक विक्रेताको रुपमा आफुले नयाँ सेवा समेत सुरु गर्न लागेको जानकारी गराए ।
Discussion about this post