Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक: मनको मान्छे आउने भएपछी स्वस्तिमाको ‘उडायो मन’

✍ परिकला न्यूज
साउन ४, २०८१ मा प्रकाशित
‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक: मनको मान्छे आउने भएपछी स्वस्तिमाको ‘उडायो मन’

इटहरी/ अभिनेत्री स्वस्तिमा खड्काले निर्मातामा डेब्यु गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । फिल्ममा खड्का नै प्रमुख अभिनेत्रीको रुपमा रहेकी छन् । सार्वजनिक ‘उडायो मन’ गीतको भिडियोमा पनि उनी नै मुख्य रुपमा फिचर्ड भएकी छन् । डान्स बिटमा तयार गरिएको गीतको भिडियोमा उनको ठुम्का हेर्न लायक छ । उनलाई गीतमा ठुम्का हान्न सिम्रिक खड्काले समेत सघाएकी छन् भने निश्चल बस्नेतलाई सम्झेको दृश्यहरु समेत समावेश गरिएको छ । निकै नै खुशी मुद्रामा स्वस्तिमालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

आफुले रोजेको मान्छे आउने खबरसंगै मनमा छाएको उत्साह, उमङ्ग र पर्खाईको भाव सार्वजनिक गीतको भिडियोमा स्वस्तिमाबाट झल्किन्छ । यता गीतमा थारु भाषालाई समेत मिश्रण गरिएको छ । भिडियोमा खड्का थारु पहिरनमा समेत प्रस्तुत भएकी छन् । असोज १७ गते घटस्थापनामा रिलिज हुने तय भएको ‘बेहुली फ्रम मेघौली’ फिल्मको सार्वजनिक गीत जयन जे वाईवाले लेखेका हुन् भने संगीत तथा एरेन्ज पनि उनकै हो । सार्वजनिक गीतमा इन्द्रकला राईको स्वर समावेश गरिएको छ । यो गीतको मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् भने यो भिडियोको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका छन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का र उनका श्रीमान् अर्थात फिल्म निर्देशक निश्चल बस्नेत निर्माताको रुपमा रहेका छन् । फिरोज खड्का र शंकर पाण्डे यो फिल्मको कार्यकारी निर्माता हुन् । ‘बेहुली फ्रम मेघौली’ फिल्ममा साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन रहेको छ भने दुबैले यहि फिल्मबाट निर्देशकमा डेब्यु गर्दैछन् । फिल्ममा निश्चल र स्वस्तिमाको अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको समेत अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

को होला गरिमा शर्माको ‘हिरो’ ?

अर्काे पाेस्ट

कुमार कट्टेलको जन्मदिनमा फिल्म ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana