इटहरी/ यहि जेष्ठ ७ गते राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाईयो । चलचित्र पत्रकारहरुको हक हितका लागि भन्दै कला क्षेत्रलाई आधार बनाएर बिट पत्रकारिताको सुभारम्भ स्वरुप बिक्रम सम्बत् २०५६ साल जेष्ठ ७ गते स्थापना भएको चलचित्र पत्रकार संघ नेपालले २४ औं वर्ष पूरा गरेको उपलक्ष्यमा भब्य कार्यक्रम गर्यो । कलाकार तथा रंग पत्रकारलाई सम्मान पनि गर्यो । तर, संघमा सक्रिय अघिल्लो कार्यकालका केही रंग पत्रकारहरूको उक्त कार्यक्रममा खासै चासो नबढ्नु र उपस्थिति नहुनुले नेतृत्व कहानेर चुक्यो ? भन्ने प्रश्न खडा हुनसक्छ ।
जे होस्, कथा जे जस्तो भएपनी संघमा हालै निर्वाचित अध्यक्ष समीर बलामीको सक्रियताको भने तारिफ गर्नैपर्छ । अब, चलचित्र पत्रकार संघ सुनसरी शाखाको कुरा गरौ । सुनसरी शाखाले पनि शुभकामना आदानप्रदान कार्यक्रम राख्दै केक काटेर २४ औं स्थापना दिवस मनायो । सोही कार्यक्रमबाट ३ दिने चलचित्र पत्रकारिता वर्कशप तथा सम्मान कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ । हेर्नुस् यो समाचारसंग सम्बन्धीत सामग्रीसहित कार्यक्रम हाईलाइट्स :
यहीँ जेष्ठको २१, २२ र २३ गते आयोजना गरिने कार्यशालालाई भब्य बनाउन यतिबेला कार्यसमिति लागिपरेको सुनसरी शाखा अध्यक्ष बिनोद विश्वकर्माले जानकारी गराए । उनका अनुसार सोही कार्यशालाबाट सुनसरीलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि रङ्ग पत्रकारिता गरेका १ जना र पछिल्लो पुस्तामा उत्कृष्ट रङ्ग पत्रकारिता गर्दै आईरहेका १ गरि २ जना रङ्ग पत्रकारलाई नगद राशीसहित सम्मान गरिने छ । आधुनिक प्रविधि प्रयोग गरि मनोरञ्जन विधामा पत्रकारिता गर्न सिकाइने सो कार्यशालाबाट लामो समय कलाकारिताको क्षेत्रमा योगदान पुर्याएका १ जना कलाकारलाई पनि सम्मान गरिने संघका उपाध्यक्ष मनोज दाहालले जानकारी गराए ।
Discussion about this post