इटहरी/ केहि समयअघि आपराधिक विश्वासघात गरेको आरोप लागेका फिल्म निर्माता तथा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनलाई ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । यतिबेला रामायण छायांकनका क्रममा रहेका सुदर्शन थापालाई पक्राउ गरि सोमबार प्रहरी वृत्त बौद्धमा राखिएको बताईएको छ ।
जाहेरी दिएको बेलामा पनि थापा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । निर्माता र निर्देशकको मन्जुरी बिना फिल्म प्रसाद २ को प्रदर्शनबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतले लगाएका थिए । निर्देशक थापा माथी पछिल्लो समय ठुलै संकट आईलागिरहेको छ ।
केहि अघि रावायण फिल्मको सम्पुर्ण तयारी सकिनै लाग्दा अभिनेता अनमोल केसीले फिल्म छाडेपछि फिल्मको सबै काम डामाडोल भएको थियो । सो बेला अनमोललाई थापाले उजुरी दिएर पक्राउ गरेका थिए । अहिले सबै चाँजोपाँजो मिलाएर ‘रावायण’ छायांकनमा रहेका उनलाई नै पक्राउ गरिएको छ ।
Discussion about this post