Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सम्पन्न ‘चलचित्र महोत्सव’को विरोधमा कोशी प्रदेशका फिल्मकर्मीहरु, महासंघभित्र राजिनामा सुरु

✍ सुवास संकल्प
जेष्ठ १६, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

इटहरी/ कोशी प्रदेश सरकारले चलचित्र महोत्सवको नाममा छुट्याएको ५० लाख बजेट भागबन्डा गरेर सम्पन्न भएको छ । एकातर्फ केवल तामाङ नेतृत्वको ‘चलचित्रकर्मी संघ’को व्यवस्थापनमा झापाको विर्तामोडमा उद्घाटन र अर्कोतर्फ अरुण कुमार प्रधान नेतृत्वको ‘नेपाल चलचित्रकर्मी महासंघ’को व्यवस्थापनमा मोरङको विराटनगरमा समापन कार्यक्रम गरिएको थियो । जेठ ६ गते उद्घाटन र ११ गते समापन गरिएको थियो । उद्घाटन र समापनको बिचमा कोशी प्रदेशमा निर्माण भएका र यहाँका चलचित्रकर्मिले निर्माण गरेका फिल्महरु बिर्तामोड, बिराटनगर, बिराटचोक, इटहरी र झुम्कामा प्रदर्शन गरिएको थियो ।

सुरुदेखी नै कमजोरीहरु देखिदै आएको यो महोत्सवको समापन कार्यक्रम पनि विवादित देखियो । उत्पन्न विवादहरुले चरम उत्कर्स लिएपछि ब्यवस्थापकको रुपमा रहेको चलचित्रकर्मी महासंघ भित्र नै अहिले उथलपुथलको अवस्था सिर्जना आएको छ । प्राप्त विश्वस्त श्रोतको सुचना अनुसार महासंघका उपाध्यक्ष प्रकाश सुब्बा यसअघि नै राजिनामा दिएका हुन भने सदस्य रितेश जङ्ग खत्रीले आज जेठ १६ गते राजिनामा दिएका छन् । श्रोतका अनुसार उनिहरुले लिखित राजिनामा दिएका हुन् अन्यले पनि राजिनामा दिने तयारिमा छन् । यता यो महोत्सवलाई नजिकबाट नियालिरहेका ‘चलचित्र समिक्षक समाज’का उपाध्यक्ष सामिप्य तिमल्सिनाले पनि असन्तुष्टि व्यक्त गरेका छन् । सबैभन्दा बेसिक महोत्सवको नामसम्म नराखी महोत्सव गर्नेहरुमाथि टिप्पणी नगर्ने बताए । उनले भने ‘दुईचार जनालाई मायाको चिनो बाँड्ने उद्देश्यले गरिएको महोत्सवका नाममा गरिने यस्ता कार्यक्रमले फिल्मकर्मीको इज्जत बढाउँदैन’ ।

यता समापनको लापरबाहीलाई लिएर अवार्डको गरिमा घटाउने काम भएको भन्दै विरोध समेत हुन थालेको छ । मायाको चिनो दिनुपर्ने ठाउँमा सम्पुर्ण सहभागी फिल्मलाई अवार्ड दिइएकोमा अवार्डको महत्त्वलाई घटाईएको भन्दै फिल्म निर्देशक तथा पत्रकार भीषण राईले विरोधसहितको स्ट्याटस सामाजिक संजालमा पोस्ट्याएका छन् । कोशी प्रदेश सरकारलाई पनि गुमराहमा पारेर बिना निर्णय आफ्नो हालीमुहाली गरि प्रदेशको वजेट स्वाहा पार्ने काम भएको भन्दै उनले सम्बन्धित ब्यक्तिहरुबाट जवाफ मागेका छन् ।

यस्तो छ भीषण राईको स्ट्याटस:

“अवार्डको गरिमालाई घटाउने काम बन्द गर
मायाको चिनो र अवार्डमा केही महत्त्वपूर्ण भिन्नताहरू छन्।
मायाको चिनो व्यक्तिगत सम्बन्धहरूको प्रतीक हो। मायाको चिनो सामान्यतया व्यक्तिहरूबीचको स्नेह, प्रेम, र सम्मानलाई व्यक्त गर्न दिइन्छ। अवार्ड कुनै विशिष्ट उपलब्धि, बिजेता, कौशल, वा योगदानको मान्यता हो। अवार्डहरू संस्थाहरू, संघसंस्थाहरू, वा समूहहरूबाट विशिष्ट व्यक्तिहरूलाई दिइन्छ। तर यहाँ अवार्डको गरिमालाई खुइल्याउने काम गरियो। यहाँ सबै चलचित्र सहभागीता मुलक थियो। चलचित्रहरु प्रतिस्पर्धात्मक थिएनन् । तर सवैलाई अवार्ड दिने काम भयो। मायाको चिनो दिनुपर्ने अवस्थामा सबैलाई अवार्ड हातमा थमाईदिएर अवार्डको महत्त्वलाई घटाएर जग हसाउने काम गर्नुका साथै कोशी प्रदेश सरकारलाई पनि गुमराहमा पारेर बिना निर्णय आफ्नो हालीमुहाली गरि प्रदेशको वजेट स्वाहा पार्ने काम भयो। यसको लागि आफू खुसी गर्ने साथीहरूले जवाफ दिनै पर्दछ। प्रसङ्ग : बेनाम चलचित्र महोत्सव प्रदेश १।”

यस्तै समापन कार्यक्रममा काठमाडौ केन्द्रित कोशी प्रदेशका चलचित्रकर्मीहरुलाई सम्मान गर्दै गर्दा कोशी प्रदेशमै बसेर हालसम्म निरन्तर यो क्षेत्रमा योगदान पुर्याउने केही बाहेकका अन्य वरिष्ठ चलचित्रकर्मीहरुलाई सम्मान गर्न छुटाईदा र कोशी प्रदेशका चलचित्रकर्मीहरुलाई समापनमा बेवास्ता गरिँदा समेत यतिबेला विरोध भैरहेको छ । काठमाडौ केन्द्रित चलचित्रकर्मीलाई सम्मान गर्दा कार्यक्रमको हाईप त बढ्यो होला तर, यहिँका सम्मानयोग्य चलचित्रकर्मीहरुलाई छुटाउदा अपमान गरेको महसुस भएको केही चलचित्रकर्मीहरुले गुनासो गरेका छन् ।

खास कोशी प्रदेशमा रहि यहाँको चलचित्र क्षेत्रमा योगदान पुर्याउने चलचित्रकर्मी को को हुन् ? महोत्सवको समापनमा केही बाहेक अन्य सक्रिय पुराना चलचित्रकर्मीहरु के कारणले सम्मान हुनबाट बन्चित हुन पुगे ? जस्ता प्रश्नहरु यतिबेला उठिरहेका छन् । यो महोत्सवको लापरबाहीका कुराहरूलाई सुरुदेखी नै उठाउदै आईरहेको थियौँ । चलचित्र महोत्सवको नाम नै नराखिएर कोशी प्रदेशको यो पहिलो महोत्सवको अस्तित्व धरापमा पारिएको छ । यता मापदण्ड विपरीत ४ वर्षअघि निर्माण भएको फिल्म दर्ताको मिति सकिएपछी पनि समावेश गरिएको थियो भने यो महोत्सवको पत्रकार सम्मेलनमा दर्ता भएका फिल्महरु सेन्सर नभएको पनि छन् भनिएको थियो । तर, फिल्म प्रदर्शनका बेला स्कुले केटाकेटीहरुलाई अभिभावक बिना स्कुल ड्रेसमै फिल्म देखाईएको थियो ।

अगाडिकाे पाेस्ट

फिल्म ‘ईश्वर’को पोस्टर सार्वजनिक, पृथ्वीराज प्रसाईं र अनु शाह रोमाण्टिक

अर्काे पाेस्ट

फिल्म ‘आउटल’को प्रदर्शन मिति सार्वजनिक, कस्तो लाग्यो सुशीलको एङ्ग्री अवतार ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana