Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

✍ सुवास संकल्प
जेष्ठ ७, २०८१ मा प्रकाशित
मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

इटहरी/ कोशी प्रदेश सरकारको ५० लाख बजेटमा दुई तर्फी रुपमा यतिबेला ‘चलचित्र महोत्सव-२०८१’ आयोजना भैरहेको छ । एकातर्फ केवल तामाङ नेतृत्वको ‘चलचित्रकर्मी संघ’को व्यवस्थापनमा र अर्को तर्फ अरुण कुमार प्रधानको ‘नेपाल चलचित्रकर्मी महासंघ’को व्यवस्थापनमा । आयोजक भने कोशी प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय नै हो । यतिबेला मन्त्रालयले तोकेको समयअवधीमा दर्ता नभएको फिल्म प्रदर्शन हुने सेड्युल सार्वजनिक हुँदा महोत्सवको औचित्य र महोत्सवले कस्तो भाष्य स्थापित गर्ला भन्ने प्रश्न खडा भएको छ ।

विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभल तथा अवार्डमा अब्बल सावित भएको फिल्म ‘ऎना झ्यालको पुतली’ उक्त महोत्सव अन्तर्गत नि:शुल्क प्रदर्शन हुने भएको छ । एउटा आसलाग्दो फिल्म प्रदर्शन हुनु आपत्ती हैन । तर यो फिल्म निर्माण भएको झण्डै ४ वर्षअघि हो । कोरोना महामारी र अन्य प्राविधिक कारणले यो फिल्म ‘ऎना झ्यालको पुतली’ को प्रदर्शन रोकिएको थियो । जवकी यो महोत्सवमा २०७९ र ८० सालमा कोशी प्रदेशमा बनेका र यहाँका चलचित्रकर्मीले निर्माण गरेको फिल्मलाई लिइने भनिएको थियो । तर, प्रदर्शन भनेर त्यहाँ उल्लेख गरिएको छैन । यसरी हेर्दा तोकिएको मापदण्डमा प्रदर्शनका हिसाबले योग्य भएपनी निर्माणका हिसाबले भने योग्य देखिदैन ।

यसरी दर्ता अवधी सकिएर महोत्सव सुरु भैसक्दा पनि फिल्महरु थपिदै जानु र मापदण्ड विपरीत फिल्महरु लिइनुले भने आयोजक वा व्यवस्थापकको कमजोरी प्रष्टै देखिन्छ । सायदै चलचित्र महोत्सवमा यस्तो हुँदैन । दर्ताको समय अवधी सकिएपछि पनि यसरी फिल्म थपिनुथियो भने एउटा निर्धारित समय किन सरकारी निकायबाट तोकियो ? यता सो महोत्सवको भने कुनै नाम नै छैन । सिधा रुपमा भन्दा उक्त महोत्सव बेनामी महोत्सवको रुपमा देखिएको छ, जस्को अस्तित्व के भन्ने प्रश्न खडा हुन्छ ।

यसबारेमा बिस्तृत समाचार यसअघि नै परिकला न्युज डटकममा प्रकाशित गरिसकेका छौं । महोत्सवको पनि एक किसिमको नीति नियम पक्कै हुन्छ । तर, कोशी प्रदेशमा पहिलो पटक सरकारी तवरबाट भैरहेको चलचित्र महोत्सवको नीति नियम भने अन्यौल र मनपरि देखिएको छ । कोशी प्रदेश सरकारले महोत्सव सुरु हुनुभन्दा अगाडि चलचित्र दर्ताको लागी एकहप्ते सुचना आव्हान गरेको थियो । जहाँ ४७ ओटा फिल्म दर्ता भएको भनिएको थियो । तर, एउटै फिल्म ‘युप्पारुङ पि:मा’ ३ चोटि र अर्को फिल्म ‘घुम्टन’ २ चोटि दर्ता भएको परिकला न्युजले प्राप्त गरेको थियो ।

अगाडिकाे पाेस्ट

साइग्रेसको ६२ लाखबढि पटक हेरिएको चर्चित कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

अर्काे पाेस्ट

चलचित्र पत्रकार संघ, कोशीद्वारा भिषण र गोपाललाई सम्मान, सुमितलाई प्रोत्साहन पुरस्कार

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana