Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

✍ सुवास संकल्प
जेष्ठ ६, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

इटहरी/ कोशी प्रदेशमा पहिलो पटक बृहत् चलचित्र महोत्सव जेठ ६ गते अर्थात आजबाट सुरु भएको छ । तर, यो महोत्सव बेनामी भएको छ । अर्थात चलचित्र महोत्सवको कुनै पनि नाम राखिएको छैन । महोत्सवको तयारी पुर्ण भएसंगै लोगो पनि सार्वजनिक गरियो । मुख्यतः लोगोमा ‘चलचित्र महोत्सव-२०८१’ मात्रै उल्लेख गरिएको छ भने पोस्टरमा ठूलो अक्षरमा पनि सोही उल्लेख गरिएको छ, यद्यपि एक पोस्टरमा भने ‘कोशी प्रदेश चलचित्र महोत्सव’ भनेर सानो अक्षरमा लेखिएको छ । तर, लोगोमा भने कहि कतै उल्लेख छैन्, महत्त्वपूर्ण अर्थ राख्ने भनेको सार्वजनिक लोगोले नै हो । चलचित्र महोत्सवहरु धेरै भैरहेका हुन्छन्, तर ती चलचित्र महोत्सवले आफ्नो नाम तोकेको हुन्छ । ताकी जस्ले उक्त महोत्सवको अर्थ राखोस् र अस्तित्व जोगाओस् ।

व्यस्थापकिय पक्षले भने प्रदेश सरकारले योजनामा चलचित्र महोत्सव मात्रै भएकोले नराखेको जानकारी गराए । तर, कुरा जता मोडेपनी त्रुटि भएको यथार्थ भने छर्लङ्ग छ । हामिले देख्दै र सुन्दै आईरहेका छौ “कान्स फिल्म फेस्टिभल”, “नेपाल युरोपियन चलचित्र महोत्सव”, “नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव”, “नेपाल ग्रामीण चलचित्र महोत्सव”, “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव”, “राष्ट्रिय बाल चलचित्र महोत्सव”, “अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव”, “मुम्बई चलचित्र महोत्सव”, “सौराहा दक्षिण एसियालि चलचित्र महोत्सव” आदि । हरेक चलचित्र महोत्सवको अगाडि केही न केही नाम जोडिएको छ तर कोशी प्रदेशको चलचित्र महोत्सवमा भने यस्तो हुन नसकेको पाईयो ।

अब यसलाई नयाँ सुरुवात पो भन्न पर्ने हो कि ? केही जानकारहरुले समेत यो नहुनु पर्ने काम भएको बताए । महोत्सव आयोजक कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केहिदिन अघि आयोजना गरेको पत्रकार सम्मेलनमा भने ‘कोशी प्रदेश चलचित्र महोत्सव-२०८१’ भनेर उल्लेख गरिएको थियो । तर, पत्रकार सम्मेलनमा पत्रकारले नाम राख्नमा खोज अनुसन्धान नगरी नाम तोकिदा भारतको फिल्म फेस्टिभलसंग नाम जुध्न गएको जानकारी गराईएको थियो ।

कोशी नाम हट्नुमा एक कारण यो हुन सक्छ भने यता प्रदेशको नाम कोशी नामंकरण गरिएसंगै यहाँ पहिचानवादीहरुले ‘कोशी प्रदेश’ नामको विरोध गरिरहेका छन् । तसर्थ यो महोत्सवमा पनि कोशी जोडिदा विरोध आउला भनेर सजग भएको हुनसक्छ । तर, यी दुबै कारणले महोत्सवको नामबाट ‘कोशी’ हटाईएपनी नामका लागी अन्य विकल्पहरु पक्कै थिए । तर, त्यसतर्फ नलागेर चलचित्र महोत्सवलाई नै बेनामी बनाईनुमा भने लापरबाही भएको वा नाम राख्नमा चुकेको देखिन्छ ।

महोत्सवको आज उद्घाटन समारोह हो । झापाको साई पार्टी प्यालेस विर्तामोडमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरि दिउँसो २ बजे उद्घाटन गरिदैछ । महोत्सवको व्यवस्थापकको रुपमा केवल तामाङ नेतृत्वको ‘चलचित्रकर्मी संघ’ र अरुण कुमार प्रधान नेतृत्वको ‘नेपाल चलचित्रकर्मी महासंघ’ रहेको छ । कोशी प्रदेशमा बनेका र यहाँका चलचित्रकर्मीले निर्माण गरेका लामो तथा छोटो गरि ४४ चलचित्र प्रदेशको बिर्तामोड, बिराटनगर, बिराटचोक, इटहरी र झुम्का गरि ५ ठाउमा नि:शुल्क फिल्म महोत्सव अन्तर्गत यहि जेठको १० गतेसम्म प्रदर्शन गरिँदैछ भने ११ गते सम्मान, अवार्ड तथा समापन कार्यक्रमको तय गरिएको छ ।

अगाडिकाे पाेस्ट

नर्स विधी लम्सालले जितिन् ‘मिस नेपाल पिस २०२४’को उपाधि

अर्काे पाेस्ट

‘कालोकालो कपाल’ गीतको भिडियोमा नाँचे प्रियंका र गम्भिर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana