Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘कोशी चलचित्र महोत्सव’मा ४४ ओटा फिल्म दर्ता, छक्का पन्जा ४ देखी गोर्खा वारियरसम्म

✍ सुवास संकल्प
बैशाख ३१, २०८१ मा प्रकाशित
‘कोशी चलचित्र महोत्सव’मा ४४ ओटा फिल्म दर्ता, छक्का पन्जा ४ देखी गोर्खा वारियरसम्म

इटहरी/ कोशी प्रदेशमा आयोजना हुन लागेको बृहत् ‘कोशी चलचित्र महोत्सव २०८१’ का लागी ४४ ओटा छोटो तथा लामो चलचित्र दर्ता भएको छ । यहि जेठको ६ गतेदेखी ५ दिनसम्म चल्ने महोत्सवलाई कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको सुचना शाखाले आयोजना गर्दैछ । प्रदेश सरकारबाट यो महोत्सव आयोजना गर्नलाई ५० लाख बजेट छुट्याइएको छ । महोत्सवलाई बृहत् बनाउन मन्त्रालयले कोशी प्रदेशमा स्थापना भएको केवल तामाङ नेतृत्वको चलचित्रकर्मी संघ र अरुण कुमार प्रधान नेतृत्वको नेपाल चलचित्रकर्मी महासंघलाई सहआयोजकको रुपमा राखेको छ ।

मन्त्रालयले एकसाता अघि सार्वजनिक सुचना नै जारी गरेर यस महोत्सवका लागी कोशी प्रदेशमा बनेका चलचित्र दर्ताको आव्हान गरेको थियो । यहि बैशाख २७ गतेसम्म चलचित्र दर्ताको लागी म्याद तोकिएको थियो । तर, मन्त्रालयका सूचना शाखा प्रमुख नारायण भन्डारीका अनुसार प्रतियोगी फिल्मका लागी दर्ता गर्ने म्याद सकिएपनी अप्रतियोगी अर्थात प्रदर्शन मात्रै गर्न चाहने छोटो तथा लामो चलचित्र निर्माण युनिटले भने अझै मन्त्रालयमा नाम टिपाउन सकिने बताए ।

प्रतियोगि फिल्मका लागी दर्ता भएका फिल्महरुमा सुपरहिट भएको ‘छक्का पन्जा-४’ देखी ऎतिहासिक रेकर्डहरु कायम गरेको ‘गोर्खा वारियर’ फिल्मसम्म रहेका छन् । मन्त्रालयले प्रकाशित गरेको सुचनामा २०७९ र २०८० मा निर्माण भएको र कोशी प्रदेशमा बनेको नेपाली, आदिवासी जनजाति, मैथिलीसंगै कोशी प्रदेशका राष्ट्रिय तथा मातृ भाषामा बनेका फिचर, सर्ट फिल्म वा वृतचित्रले सहभागी जनाउन पाउने भनेको थियो । यता राष्ट्रिय फिचर फिल्मको हकमा भने फिल्मको निर्माता तथा निर्देशक, चलचित्रको मुख्य कलाकार तथा चलचित्र निर्माण गर्ने कम्पनी कोशी प्रदेशको हुनुपर्नेसंगै फिल्मको ४० प्रतिशत छायांकन कोशी प्रदेशमा भएको हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

त्यसै अनुरुप फिल्म छक्का पन्जा ४ र गोर्खा वारियरसंगै नालापानी, कृष्णलिला, बिहेपास, विछेद, काँडेतार, वानर सेना, थिम, रित, लुंङा, नि-पुग्याल, अभियान, हाम्रो जङ्गल, तु हमर जान हौ, सेमिफुङ, माङेना, घुम्टन, चारदाम, युप्पारुङ, हाङ्नान्द, लिलामे माईला, सिमे:वा, युक्पुङ (बस्ती), जमान-३, रातो जुन, जब प्रकाश जान्छ, आईसक्रीम, द रेड मुन, फु, नागा, मोख, माता, अदेख, चिना, जिउ पैँचो, के २, बाध्यता, कुमाक्ला फाक, खोक्पा, समयके खेला, धैर्य, बेङ्ठा, लौलसा परहके जस्ता लामो तथा छोटो फिल्महरु दर्ता भएका छन् । परिकला न्युजलाई प्राप्त डाटा अनुसार ‘युप्पारुङ पि:मा’ फिल्म ३ चोटीसम्म दर्ता भएको पायौ । दर्ता नम्बर ४१५९, ४१३१ र ४१५१ मा यो फिल्म दर्ता भएको छ भने अर्को फिल्म ‘घुम्टन’ दर्ता नम्बर ४११० र ४१४४ मा गरि २ पटक दर्ता गरिएको छ । अन्य सबै फिल्म एक-एक पटक दर्ता भैरहदा सायदै यो दर्ताहरु नियमबद्ध हुन सक्दैन । कहि कतै प्राविधिक त्रुटि भएको हुनसक्छ । जे होस् यो उल्लेख्य सहभागीताले ‘कोशी चलचित्र महोत्सव-२०८१’ सफल हुने संकेत गरेको छ ।

अगाडिकाे पाेस्ट

कमेडी शो ‘कमेडी दरबार’ असार १४ गतेबाट प्रसारणमा आउने

अर्काे पाेस्ट

प्रविणले इन्डोनेसियाको ‘क्लासी मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana