इटहरी/ अभिनेता दिलिप रायमाझीकि छोरी दिव्या रायमाझीले डेब्यु गर्ने फिल्म ‘एक्टर’को शुभसाईत गरिएको छ । मंगलबार ललितपुरको भैसेपाटिमा रहेको कार्यविनायक मन्दिरमा सो फिल्मलो शुभसाईत गरिएको हो । शुभसाईत कार्यक्रममा फिल्मका प्रमुख अभिनेता अभिनेत्रीहरुको उपस्थिति रहेको थियो ।
फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देव लगायत उपस्थित थिए । दिव्या पहिलो पटक यसरी सार्वजनिक रुपमा देखिएकी हुन् । वैशाखको अन्तिम साताबाट सुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ ।
यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन् । थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् । फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए ।
Discussion about this post