इटहरी/ पहिलो म्युजिक भिडियोबाटै आफुलाई लोकप्रिय मोडलको रुपमा उभ्याउन सफल कुशुम शर्मा निर्देशक मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड बधु’ का लागि अनुबन्ध भएकी छन् । यो फिल्मको पहिलो चरणको छायांकन सम्पन्न भैसकेको छ । दोश्रो चरणको छायांकन आगामी बैशाखको ३ गतेबाट सुरु हुने जनाईएको छ ।
पहिलो चरणको छायांकन रोमानियामा सम्पन्न गरेको ‘वर एण्ड बधु’ मा अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्य प्रमुख भुमिकामा रहेका छन् । प्रमुख भुमिकामा शर्मा र कर्माचार्य रहेपनी हालै अनुबन्ध भएकी कुशुम शर्माको पनि महत्त्वपूर्ण भुमिका रहने निर्माण युनिटले जनाएको छ ।
यसअघि कुशुम फिल्म ‘सञ्जिवनी’मा अनुबन्ध भैसकेकी छन् । म्युजिक भिडियोमा हिट भैसकेपछी उनी फिल्मतिर समेत तानिएकी हुन् । हाल उनी २ फिल्ममा अनुबन्ध भएकी छन् ।एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो फिल्म कमेडी लभस्टोरी जनरामा रहेको छ । डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको ‘वर एण्ड वधु’ को दोश्रो सेड्युलमा नायक कर्माचार्यको एक्सनको दृश्य समेत कैद गरिने निर्देशक चाम्सले जानकारी गराए ।
Discussion about this post