इटहरी/ एक्सन जनरामा निर्माण गरिएको ग्याङस्टार फिल्म ‘गाढा १७’ को इटहरीमा विशेष शो प्रदर्शन गरिने भएको छ । मंगलबार इटहरीमा अवस्थित संगीत चोकमा रहेको मंक एण्ड पंक क्याफेमा पत्रकार भेटघाट गर्दै फिल्म निर्माण युनिटले इटहरीको इलाईट सिनेमा हलमा ‘गाढा १७’ को विशेष शो प्रदर्शन गरिने जानकारी गराए ।
यही चैतको २४ गते दिनको १२ बजे र ३:१५ बजे यो फिल्मको २ शो विशेष शोको रुपमा प्रदर्शन गर्ने तय भएको फिल्मका लेखक, निर्देशक तथा प्रमुख अभिनेताको रुपमा रहेका रिहान लिम्बुले पत्रकार भेटघाटमा जानकारी गराए । स्थानिय स्तरमै रहेर यहिको कथा, जनशक्ति, कलाकार तथा श्रोतसाधन प्रयोग गरेर फिल्मलाई धेरै मेहनत गरेर निर्माण गरिएको फिल्मका निर्माता आश्रित चापागाईंको भनाई छ । हेर्नुस् उक्त फिल्मको ट्रेलर
एड्रीमर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गाढा १७’ मा ८ लाख बढिको लगानी लागिसकेको फिल्मका कार्यकारी निर्माता मनिराज राईले जानकारी गराए । फिल्मको प्रायः जसो छायांकन इटहरी र आसपासमै गरिएको लेखक तथा निर्देशक रिहानको बताए । यो फिल्ममा प्रमुख सहायक निर्देशकको रुपमा डेभिड बस्नेत रहेका छन् भने सहायक निर्देशकमा डेभिड बिस्ट, रियर राई, प्रबेश न्यौपाने र सनम याक्खा रहेका छन् । ‘गाढा १७’लाई इशुहङ राई तथा उनको टिमले छायांकन गरेका हुन् ।
फिल्मलाई लेखक, निर्देशक तथा प्रमुख अभिनेता रिहानले नै सम्पादन गरेका हुन् भने कलरिङको काम सनम याक्खाले गरेका हुन् । बिजय रसाइलीको द्वन्द निर्देशन, योङ स्याडोको संगीत, कुशी राईको श्रिङ्गार यो फिल्म ‘गाढा १७’ मा रहेको छ । फिल्ममा लेखक तथा निर्देशक रिहानसंगै कृष्ण गुरुङ, रियर राई, प्रज्वल दुलाल, डेभिड बिस्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।
Discussion about this post