इटहरी / फिल्म ‘रुखान’को लिड मेलमा आर्यन अधिकारी जोडिएका छन् । ‘रुखान’ अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको आगामी फिल्म हो । सवीर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा आर्यन र निति यी दुईले जोडी बाँध्ने पक्का भएको जनाइएको छ ।
सुहाउने कथा भएपछि अधिकारीलाई अनुबन्धित गरिएको निर्देशकले बताए । अधिकारीले पछिल्लोपटक एक्सन–थ्रिलर ‘लाखे’मा अभिनय गरेका थिए । दुई वर्षको ग्यापपछि उनी नयाँ फिल्ममा देखिन लागेका हुन् ।
फिल्म महिला प्रधान कथावस्तुमा बन्न लागेको हो । राजनीतिक र सामाजिक चुनौतीको बाबजुद महिला पात्रले गर्ने संघर्षको कथावस्तुमा फिल्म बन्ने जनाइएको छ ।
यो फिल्म नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुने जनाइएको छ । फिल्ममा कृष्ण थापा र सुरेश गुरुङको लगानी रहनेछ । रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्मातामा अभिनेता समेत रहेका सविन श्रेष्ठ छन् ।
अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ । यो फिल्म सविन फिल्म्स, भिक्टोरी प्रोडक्सन हाउस र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
Discussion about this post