इटहरी / पोखराका फिल्म हलमा रिभ्यू बक्स राखिएको छ । दर्शकले सिनेमा हेरेपछि प्रतिक्रिया दिनलाई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखिएको हो ।
यो रिभ्यू बक्सको अवधारणा चलचित्र पत्रकार संघ नेपाल कास्कीले ल्याएको हो। मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले रिभ्यू बक्सको सनिवार उद्घाटन गरे ।
चलचित्र पत्रकार संघ कास्कीले नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी गरेको छ । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए। रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा टेवा पुर्याउने उनको भनाइ छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले नेपाली सिनेमाको विकास र प्रवर्द्धनका लागि यो अवधारणा ल्याएको उल्लेख बताएका छन् ।
रिभ्यू बक्ससँगै त्यहा एउटा फर्म उपलब्ध हुनेछ । जसमा सिनेमाको नाम सहित निर्देशन, संगीत, कथा, अभिनय कस्तो लाग्यो दर्शकले ठीक चिन्ह लगाएर उल्लेख गर्न पाउनेछन्।
चिन्हसँगै सिनेमाका विषयमा आफ्नो कस्तो धारणा छ त्यो समेत प्रस्तुत गर्न सक्नेछन् । नाम, नम्बर र ठेगाना लेखेर रिभ्यू बक्समा प्रतिक्रिया दिने २ जना हरेक हप्ता लक्की ड्र मार्फत विजेता घोषणा हुनेछन् । विजेताले मिडटाउन सिनेमाज र सिनेप्लेक्समा २/२ वटा फिल्मको टिकट र पपकन पाउनेछन् ।
दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ। हरेक हप्ताको विजेता मध्य मासिक एक जनालाई बन्जी नेपालमा निशुल्क बन्जी हान्ने अवसर पाउनेछन् ।
Discussion about this post