इटहरी / फिल्म`झोला’का निर्देशक यादवकुमार भट्टराईको फिल्म ‘झिल्को’को छायांकन सुरू भएको छ। फिल्म मिडिया फर कल्चर प्रालिको व्यानरमा बन्दैछ।
बिहीबारदेखि ललितपुरस्थित संखमूलबाट फिल्मको छायांकन सुरू गरिएको हो जानकारी दिएका छन्। फिल्म काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा छायांकन हुनेछ।
फिल्म ‘झिल्को’ मा वर्तमान नेपाली समाजको यथार्थलाई चरित्र चित्रण गरिने उनी बताउँछन् । निर्देशक भट्टराईका अनुसार सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले उठाउने बताएका छन्।
फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललगायत कलाकारको अभिनय रहनेछ। फिल्मको पटकथा तथा संवादलाई भट्टराईसहित देवव्रत र अरुणदेव जोशीले तयार पारेका हुन्। दीपक बज्राचार्यले छायांकन गर्ने फिल्ममा चण्डीप्रसाद काफ्लेको संगीत रहनेछ।
Discussion about this post