इटहरी । विराज भट्टको आगामी एक्सन-थ्रिलर फिल्म ‘१२ गाउँ’का लागि विराज दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्ट सिल्भासँग सहकार्य गर्ने भएका छन् । तमिल फिल्ममा एक्सन कोरियोग्राफी गरेका उनले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन् । ‘१२ गाउँ’लाई लिएर विराज र सिल्भाबीच भारतको दक्षिणी सहर चेन्नईमा छलफल भएको थियो । उक्त भेटमा भट्टले एक्सन निर्देशनको प्रस्ताव राखेका थिए ।
सिल्भाले रजनीकान्तदेखि विजयसम्मका फिल्ममा द्वन्द्व निर्देशन गरेका छन् । अभिनेता समेत रहेका सिल्भाले एसएस राजामौलीको फिल्म ‘छत्रपथी’सहित यमदोंगा, केडी, पञ्चाक्षरी, मार्गाजी १६, वेलायुधम, मारी २, करुंगापियम लगायतका तामिल फिल्ममा अभिनय गरेका छन् ।
भट्टले सामाजिक सञ्जालमार्फत सिल्भालाई नेपालमा स्वागत गर्दै लेखेका छन्, ‘सिल्भा गुरु, नेपालमा स्वागत छ । तपाईंसँग काम गर्न पाउनु सम्मानको कुरा हो । केही दिनदेखि विराजसँगै काठमाडौंमा रहँदै आएका सिल्भाले कोरियोग्राफी सिक्वेन्सको योजना बुनिरहेका छन् ।
Discussion about this post