Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

राज्यले कलाकारमा लगानी गरेन ‘निर्देशक मिनबहादुर भाम’

✍ परिकला न्यूज
चैत्र ४, २०८० मा प्रकाशित
राज्यले कलाकारमा लगानी गरेन ‘निर्देशक  मिनबहादुर  भाम’

इटहरी । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शनिवार आयोजित एउटा सेसनमा बोल्दै निर्देशक मिनबहादुर भामले नेपालमा चलचित्र सेन्सरको अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । फिल्म निर्देशक भामले आफू फिल्म सेन्सर हुने देशको नागरिक हूँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । निर्देशक भामले सरकारले ट्याक्स तिरेर बेच्न, खान पाइने रक्सी–चुरोट सेवन गरेको दृश्य फिल्ममा राख्नको लागि अर्को शर्त मान्नु पर्ने भन्दै राज्यले दोहोरो कानुन लगाएकोमा समेत आपत्ति जनाए ।

‘हरेक कुशल शासकले यस्ता परिवन्ध खुकुलो पार्दै जानुपर्नेमा शासकहरुको डिक्टेटरसिप बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा आफुले लिएको उनले बताए ’ आजको समयमा पनि फिल्ममा सेन्सर हुनु दुःखद कुरा रहेको बताउँदै भामले भने – ‘जुन देशमा बस्यो त्यो देशको कानुन मान्दिनँ भन्नु पर्दा दुःख लाग्छ । तर, सर्जकको सिर्जनामाथि कैँची चलाएर शासन सत्तामा भएका मान्छेले नेपाली फिल्मको विश्वबजारीकरण गर्नुपर्छ भन्नु हुन्छ । ’साहित्य, सिनेमा, कलाप्रति राज्य तथा अन्य व्यक्तिहरुले चासो नदेखाएका कारण कला क्षेत्रले स्वभाविक गति लिन नसकेको उनले जनाए । राज्यले कलाकार गहना हुन् मात्रै भनेर नहुने, त्यसमा लगानी पनि गर्नु पर्नेमा उनले जोड दिए ।

भामले बाँसुली, कालोपोथी र साम्बाला जस्ता अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त फिल्म निर्देशन गरेका छन् । विश्व सिनेमा भन्ने प्रसंगमा उनले भने– ‘मेरो लागि एउटा फिल्म तब वल्र्ड सिनेमा हुन्छ जब त्यसको कथ्य शैलीमा मेरो पनि कथा भेटिन्छ । घटना मेरो जीवनमा नघटेको भएपनि सामाजिक चेत, राजनीतिक परिदृश्यमा, पात्रमा, कथामा, बनोटमा जहाँ भए मैले मेरो जीवन–जगतलाई हेर्ने धारणा त्यसमा भेट्छु तब त्यो वल्र्ड सिनेमा हुन्छ ।’

विश्वमा मौलिक सिनेमाको वहस लामो समयदेखि हुँदै आएपनि नेपालमा यो नौलो रहेको उनले बताए । ‘एसियामा सबैभन्दा पहिले जापानले मौलिक फिल्म बनाउन थालेको जस्तो लाग्छ । कुरुसोभाले बनाएका फिल्म संसारभरीका दर्शकका लागि जहिले हेरे पनि बासि लाग्दैनन् । मौलिकताको वहस कोरिया, इरान हुँदै अहिले भिएतनामपछि नेपालमा छिरेको छ ।’

मौलिकपन पनि दुई खालको हुने कुरा उनले उल्लेख गर्दै भामले भने– ‘मौलिकपन देखिने र नदेखिने, वस्तुगत र विषयगत हुन्छ । मौलिकपनमा देखाउनेतिर मात्रै वहस भयो, भित्रजान सकिएन ।’ त्यसको कारण दृश्य साक्षरता कम हुनु पनि रहेको उनले जनाए ।

आफैँ पनि सुरुवाती चरणमा देखिने मौलिकतामा भुलेको बताउँदै उनले भने– ‘देखिने र नदेखिने मौलिकताको भेद के हो मलाई नै थाहा थिएन । कालोपोथीपछि मैले आफैँलाई प्रश्न गर्न थालेँ । त्यसपछि म पनि देखिने मौलिकतामा दौडिएछु भन्ने मलाई रियलाइजेसन भयो । त्यसपछि नदेखिने मौलिकपन खोज्ने प्रयास गरेँ । अक्षरमा व्यक्त गर्न नसकिने कुरा मान्छेको हाउभाउ सिनेमामा देखाउन सकिँदो रहेछ । जसले एउटा सिर्जना लोकल भएर पनि ग्लोबल हुन जाँदो रहेछ । ’आफ्ना लागि काम नै साधना, कर्म र पेशा रहेको र कामले नै आफूलाई परिपक्व बनाउँदै लगेको कुरा पनि भामले बताए ।

‘ग्लोबल प्लाटफर्ममा जाँदा सिनेमामा मौलिक कथालाई अलिकति तन्काएर, फुल बुट्टा भर्नु नराम्रो कुरा हो जस्तो मलाई लाग्दैन । मौलिक स्वाद पस्किने भनेर राम्रोसँग नपाकेको रोटि दिँदा कस्तो होला ?’ उनले भने– ‘एउटा सर्जकको रुपमा आफ्नो सिनेमा सकेसम्म धेरैले हेरिदियोस् भन्ने लाग्नु स्वभाविक हो । उत्कृष्ट प्लाटफर्मको सवालमा फेस्टिभलको कुरा सोच्छु । त्यो बाहेक बाहिर देखाउँला, तामझाम गरौँला भन्ने म सोच्दिनँ ।’

समयसँगै आफ्ना लागि अभिनयको परिभाषा पनि फेरिएको भामले बताए । ‘पहिले मलाई जे देखिन्छ त्यो अभिनय हो जस्तो लाग्थ्यो, अहिले जे देखिन्छ त्यो अभिनय होइन जस्तो लाग्छ ।’ अहिले दर्शक र क्यामेराको दुरी कम हुँदै आएको बताउँदै उनले भने– ‘अहिले मेरा लागि एउटा कुशल अभिनेता त्यो हो जसले केही केही नगरी आफूले भित्र सोचेको कुरा पर बसेको मान्छेसम्म पुर्याउन सक्छ । त्यसैले अनुभवभएको कलाकारसँग काम गरे पनि नभएको कलाकारसँग काम गरे पनि रोटि बनाउनुअघि पिठो मुछे जस्तो प्रक्रियामा जानैपर्छ । त्यसैले नयाँ या पुरानो कलाकारसँग कामगर्दा खासै फरक लाग्दैन ।’ साथै एउटा निर्देशकको काम स्टारलाई चम्काउने मात्रनभएर अँध्यारोमा लुकेको स्टारलाई बाहिर ल्याउने पनि रहेको उनले बताए ।

अगाडिकाे पाेस्ट

फिल्म ‘सिड्नी ब्लुज’मा पुष्प खड्का र अञ्जना बराइली

अर्काे पाेस्ट

‘महाजात्रा’मा मुन्नाको चरित्र कस्तो छ ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana