Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशीमा सकियो ‘महाकमेडी विथ महाजात्रा’, फैलियो शुल्क लिएर प्रोमोसन गरेको भ्रम

✍ परिकला न्यूज
चैत्र २, २०८० मा प्रकाशित
कोशीमा सकियो ‘महाकमेडी विथ महाजात्रा’, फैलियो शुल्क लिएर प्रोमोसन गरेको भ्रम

इटहरी/ यहि चैत्र ९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनमा आउने चलचित्र महाजात्रा टिमले विहिबार कमेडी विथ च्याम्पियनको आयोजनामा ‘महाकमेडी विथ महाजात्रा’ अन्तर्गत इटहरीमा कार्यक्रम सम्पन्न गरेको छ । फिल्मको प्रोमोसनल कार्यक्रम देखिए पनि ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रममा महाजात्रा युनिट अतिथिको रुपमा उपस्थित रहेको फिल्मका कलाकार तथा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले जानकारी गराए । तर, प्रोमोसनल कार्यक्रममा ५०० रुपैयाँ टिकट लिएको भन्दै सामाजिक संजालमा केहिले कमेन्ट तथा स्ट्याटस नै लेखेर असन्तुष्ट व्यक्त गरेका थिए । बानियाँका अनुसार उक्त टिकट शुल्क आफुहरुले नलिएको हुनाले भ्रममा नपर्न आग्रह गरे ।

यस्तै महाजात्रा टिमले इटहरीमा पत्रकार भेटघाट पनि गरेको थियो । ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम भन्दा अगाडि आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा फिल्मका तर्फबाट कलाकार राजाराम पौडेल, रबिन्द्र झा र कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँ उपस्थित थिए । बानियाँ भन्छन् ‘सबैलाई सबै फिल्म मनपर्दैन तर जात्राको सिक्वेलहरु दर्शकहरुले अहिलेसम्म मनपराएर माया गरेर नै हामीले महाजात्रा निर्माण गरेका हौ । चलचित्र बनाउनमा आफुहरुले कुनै कन्जुस्याइँ गरेका छैनौ र दर्शकहरुले यसभन्दा अघिका शृङ्खलाहरु ‘जात्रा’ र ‘जात्रै जात्रा’लाई जस्तै ‘महाजात्रा’ लाई पनि झन् धेरै रुचाउनुहुने कुरामा हामी विश्वस्त छौ ।’

‘महाजात्रा’ प्रदर्शन हुन मात्र १ हप्ता बाँकि छ । यो फिल्मको कोशी प्रदेशमा पनि प्रिमियर गर्ने तयारी रहेको बानियाँले जानकारी गराए । उनका अनुसार चैत ७ गते बिर्तामोडमा प्रिमियर शो आयोजना गर्ने तयारी भएको छ । यसअघि यहि टिमले निर्माण गरेको फिल्म ‘महापुरुष’ को इटहरीमा प्रिमियर गरिएको थियो । महायात्राको दोश्रो चरण अन्तर्गत ‘महाकमेडी विथ महाजात्रा’ टुर विर्तामोडबाट सुरु भएको थियो । फागुन ३० गते विर्तामोडमा कार्यक्रम र पत्रकार भेटघाट गरेको थियो । कमेडि च्याम्पियनबाट उदाएका सुमन कार्की, सजन श्रेष्ठ, कैलाश कार्की, सुशान्त बस्याल, प्रभात लामा, पवन भट्टराई, सन्तोष थापा लगायत कमेडियनहरुको प्रस्तुति रहेको थियो । यता महाजात्रा टिमको तर्फबाट भने प्रमुख कलाकार राजाराम पौडेल, विपिन कार्की, रबिन्द्र झा र कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँको आतिथ्यता रहेको थियो ।

फिल्म ‘महाजात्रा’ प्रमोसनल टुर अन्तर्गत कोशी प्रदेश आएको मौकामा अनेरास्ववियू सुनसरीको आयोजनामा ‘क्याम्पस थियटर सिजन १’ अन्तर्गत रोशन आचार्यको निर्देशन र कलालय इटहरीको नाट्य प्रशिक्षण रहेको ‘बहुला काजीको सपना’ नाटकको टिमहरुसंग पनि भेटघाट भएको थियोे । ‘महाजात्रा’ टिमलाई भव्य स्वागत गर्दै ‘जनता क्याम्पस’का विद्यार्थीहरुले मौलिक अभिनयसहितको नाटक देखाएका थिए । पूरा नाटक हेर्ने समय नभएपनि थोरै समय हेरेर उनीहरुसँग केहीबेर अन्तरक्रिया पनि गरेका थिए । यस्तै ड्रीम मोडलिङ एजेन्सीको आयोजनामा हुने ‘जुनियर मिस्टर एन्ड मिस इटहरी’ का साना-साना भाईबहिनिहरुसंग पनि इटहरीमा भेटघाट गरेको थियो । उनिहरुले विपिन कार्की, राजाराम पौडेल र रबिन्द्र सिंह बानियाँसंग अटोग्राफ लिएका थिए ।

धरानमा महाजात्रा टिमसंग ‘सिनेमा संवाद’ कार्यक्रम पनि प्रोमोसन अन्तर्गत गरियो भने फिल्मको प्रचारप्रसार गर्दै यहाँका विभिन्न मेला महोत्सवहरुमा समेत फिल्मका कलाकारहरु पुगेका थिए । फिल्म युनिटले बिराटनगरमा पत्रकार भेटघाट गरेको थियो । प्रदिप भट्टराईको निर्देशन तथा ‘षट्कोण आर्ट्स’को ब्यानरमा निर्माण भएको फिल्ममा बानियाँसंगै रबिन्द्र झा, बिपिन कार्कि, वर्षा राउत, राजाराम पौडेल, हरिवंश आचार्य, सुमन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

‘पुजार सार्की’मा आर्यनको क्यारेक्टर लुक्ससहित नाच्दै गरेको भिडियो भाईरल

अर्काे पाेस्ट

फिल्म ‘लण्डन टु पेरिस’ को पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana