Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘पुजार सार्की’मा आर्यनको क्यारेक्टर लुक्ससहित नाच्दै गरेको भिडियो भाईरल

✍ परिकला न्यूज
चैत्र २, २०८० मा प्रकाशित
‘पुजार सार्की’मा आर्यनको क्यारेक्टर लुक्ससहित नाच्दै गरेको भिडियो भाईरल

इटहरी/ छायाङ्कनमा रहेको चलचित्र ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । चलचित्रका निर्देशक दिनेश राउतले आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एक्कासि भिडियो नै भाइरल भएपछि केही तनाव भएको बताए ।

निर्देशक राउतले आफूले सोचे अनुरूप सार्वजनिक गर्न नपाए पनि दर्शकले सिग्देलको लुक्सबारे चर्चा गरिरहेको देख्दा खुसी नै लागेको बताए । “जसरी पनि प्रचार सामग्रीहरूमा हामीले देखाउनै पर्ने थियो । योजनामा राखिएको समय अगावै भिडियो सोसल मिडियामा आएको रहेछ । आर्यनको कोही फ्यानले सेटमै खिचेर अपलोड गर्नुभएछ,” सुटिङ सेटबाटै राउतले भने ।

२४ सेकेन्ड लामो भिडियोको युट्युब लिङ्क शेयर गर्दै अभिनेता प्रदीप खड्काले ‘पुजार लिक भयो । मैतैलाई पत्ता लगाउनुस्’ भनेका छन् । पञ्चेबाजामा छमछम नाचिरहेका आर्यनले टुप्पी पालेका छन् । उनले ढाका टोपी लगाएका छन् । उनको लुक्स हेर्दा उनी पुजारीको भूमिकामा रहेको अनुमान लगाइएको छ । भिडियो फेसबुकमा पनि भेटिएको छ ।

यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोटमा छायाङ्कन चलिरहेको छ । यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । केही दिन अघि अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र परिचय दिने फोटो सार्वजनिक गरिएको थियो । चलचित्रमा प्रदीपको नाम ‘मैत बहादुर’ रहेको खुलाइएको थियो ।

निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका छन् ।एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

अगाडिकाे पाेस्ट

गीत मार्फत हरिवंश आचार्यको गुहार – ‘काम देउ न सरकार’

अर्काे पाेस्ट

कोशीमा सकियो ‘महाकमेडी विथ महाजात्रा’, फैलियो शुल्क लिएर प्रोमोसन गरेको भ्रम

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana