ईटहरी / नायिका नन्दिता केसी आज बैबाहिक जीवनमा बाँधिएकि छन् । यतिबेला उनको धुमधामका साथ विवाह भैरहेको छ । तर, उनको बिहेको रमझम भने बिहिबारबाट नै सुरु भएको थियो । नन्दिताले अमेरिकामा बस्दै आएका अरविन्द्र कटवालसँग बिहे गरेको हुन् । नन्दिता पनि केही वर्षदेखि अमेरिकामा रहँदै आएकी छिन् । अरविन्द्र कार्डियोलोजिस्ट हुन् ।
यी दुइको मागी बिबाह हो । नन्दिताले केही दिन अगाडि सामाजिक संजालबाट नयाँ जीवनको सुरुवात गर्न लागेको उल्लेख गरेकी थिइन् । उनीहरुको बिहेमा सीमित फिल्मीकर्मीलाई मात्र बोलाइएको छ । मेहेन्दी सेरोमोनीमा नायिका स्वेता खड्का, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई लगायत फिल्मीकर्मि पुगेका थिए ।
तस्विर: टौवा इभेन्ट्स ।
Discussion about this post