ईटहरी / फिल्म `डिग्री माईला´ को टिजरमा अभिनेता दयाहाङ राईले चौधरी ग्रुपले ४ लाख अफर गर्दा पनि आफुले काम नगरेको भन्ने संवाद समाबेश छ । युट्युवमा सार्वजनिक भएको टिजरको यो आकर्षक पक्ष पनि हो । दयाहाङ राईले जुन मुडमा यो संवाद भनेका छन्, त्यसलाई हेरेर स्वभाविक रुपमा हासो आउँछ । चौधरी ग्रुपका चेयरम्यान उद्योगपति तथा सांसद समेत रहेका बिनोद चौधरीले पनि उक्त संवाद मन पराएको देखिन्छ । शुक्रबार आफ्नो फेसबुक पेजमार्फत टिजरको क्लिप सेयर गर्दै आफ्नो बार्षिक कमाईभन्दा धेरै दयाहाङले यहि फिल्मबाट कमाउने बताएका छन् ।
चौधरीले दयाहाङ राईलाई ट्याग गर्दै लेखेका छन्, `मैले एक बर्षमा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी । हैट !’ उनले स्ट्याटसमार्फत फिल्म सफल हुने आशय व्यक्त गरेका छन् । फिल्म समेत निर्माण गरिसकेका चौधरी नेपाली फिल्मसंगका नजिकका पात्र हुन् । सन् १९८४ मा आएको चलचित्र `बासुदेव´ को उनी निर्माता हुन ।
यस्तै एक दशक अगाडि उनकै कम्पनी चौधरी ईन्टरटेन्टले `भिसा गर्ल´ समेत निर्माण गरेको थियो, त्ससैले चौधरीलाई फिल्मको बजार र आम्दानीबारे राम्रो ज्ञान छ । शैक्षिक बेरोजगारीले युवामा ल्याएको चरम निराशामा आाधारित भएर निर्माण भएको फिल्म `डिग्री माईला´ नयाँ बर्ष १०८१ मा रिलिज हनेवाला छ भने दयाहाङको जोडी आँचल शर्मासंग बाधिएको छ । बिजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, प्रकाश घिमिरे, सोमनाथ खनाल, अनिल सुब्बा, पशुपति राई, हिउवाला गौतम, शेखर चौलागाईं लगायत कलाकारहरुको अभिनय रहेको छ ।
Discussion about this post