इटहरी/ केहि समयअघि रोहित अधिकारिको फिल्म ‘वरिष्ठ बलराम’मा अनुबन्ध भएकी अभिनेता दिलीप रायमाझीकि छोरी दिव्या रायमाझी यतिबेला पुन: अर्को फिल्ममा अनुबन्ध भएकी छन् । उनि फिल्म ‘एक्टर’मा नवअभिनेत्रीको रुपमा अनुबन्ध भएकी हुन् । फिल्म युनिटसंग उनको भेट भएको त छैन । तर पनि उनले भर्चुअल कुराकानीमा सहमति जनाएपछि अभिनेता तथा उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझी र फिल्म निर्माण युनिट बिच कागजी सम्झौता भएको हो ।
यो फिल्ममा प्रमुख अभिनेताको रुपमा यसअघि नै अभिनेता प्रदिप खड्का, नायिका आना शर्मा र नायक राजवल्लभ कोइराला अनुबन्ध भैसकेका छन् । अमेरिकामा रहेकी दिव्या यहि फिल्मका लागि केहि सातामै नेपाल आउने निर्माण युनिटले जनाएको छ ।
अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् । राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् भने फिल्मको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ ।
Discussion about this post