Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एलिनामाथी स्टेजमै स्वयंसेवकबाट दुर्ववहार, जबर्जस्ती एकबाट अर्को कार्यक्रममा जान आदेश

✍ परिकला न्यूज
माघ १०, २०८० मा प्रकाशित
एलिनामाथी स्टेजमै स्वयंसेवकबाट दुर्ववहार, जबर्जस्ती एकबाट अर्को कार्यक्रममा जान आदेश

इटहरी/ पछिल्लो समयकी लोकप्रिय गायिका एलिना चौहानको ब्रेकअप हल्ला एकैचोटि भाईरल भयो । मिडियाका हेडलाईनदेखी सामाजिक संजाल प्रयोगकर्ताका स्ट्याटस तथा ट्रोलरहरुलाई समेत खजाना भयो । १ वर्षमै प्रेम टुटेपछी बिछिप्त बनेकी एलिनालाई देशबिदेशका साङितिक कार्यक्रमहरुले पिँडामा डुब्ने मौका मिलिरहेको थिएन । केही दिनअघि भने उनले इन्स्टाग्राममा आँखाभरी आँशु सहितको एक भिडियो राख्दै “रुवाउनेलाई मेरो आँशु नलागोस है भगवान्, सधैं राम्रो होस” भनेर लेखेकी थिइन् ।

त्यसपछि उनको प्रेम टुटेको हल्ला चलेको थियो भने यो विषय मिडियाको हेडलाईन बन्न थालेपछि भने उनले एक लामो स्ट्याटस लेख्दै ‘म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो’ भन्दै खेद प्रकट गरेकी छन् । एलिनाले लामो स्ट्याटसको अन्त्यमा आफुलाई केही समयअघि पोखराको एक कार्यक्रममा बोलाएर अर्को कार्यक्रममा जबर्जस्ति जान लगाउन खोजेको तितो यथार्थ बारे समेत बोलेकी छन् भने संगीत क्षेत्रकै एक अभिभावकले नजाने भए आफुहरुले चाहे जति गीत गाएको गाई गर्न निर्देशन दिएको अप्ठ्यारो परिस्थितिको बारे पनि कुरा उठाएकी छन् ।

यता कार्यक्रम सकिएरपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवकबाटै आफुमाथी दुर्ववहार भएको र तुरुन्तै प्रतिकार गरेको कुरालाई समेत स्मरण गरेकी छन् । यस्ता नमिठा अनुभवहरुमा सन्चारकर्मीहरुको सानो कलम चलाईदीँदा सभ्य समाजको निर्माण हुनसक्ने एलिनाको धारणा छ ।
यस्तो छ एलिनाले सामाजिक संजाल फेसबुकम लेखेको स्ट्याटस:

नमस्कार
अझै कोहि छुट्नु भएको छ मेरो समाचार बनाउन कि सबैले खोजि पत्रकारीताको बिट मारी सक्नु भयो ?
म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु तरपनि मेरो व्यक्तिगत जिवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसंग मात्र छ । थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा संचारकर्मीहरुले मेरो ईच्छा बिना अथवा सहि समयको पर्खाई बिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पिडा दिनु भएन ।

के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?
के कसैलाई मैले बनाउन लगाएको हो ?

कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधि मेरो ईच्छा बिना समाचार बनाउँछन् । कोहि मैले देशलाईनै घत पुय्राउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् । र फेरी त्यहि समाचार अनुसार मेरा पुराना टिकटमा रुएर अपलोड गरेका गितहरुको भिडियो प्रयोग गरेर भिडियो समाचार बनाउँछन् । मानौ मेरो पिडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन मानौ मेरो स्थिति दर्शाउन खोजेका हुन । थोरै लाज सरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरुसंग । मानवता र संवेदनशिल्ता त राख्नु पर्छ, हैन र ? बिछोड धोका जस्ता शब्दहरु भनेकै पिडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालिले थाहा पाउनु पर्छ र रमाउनु पर्छ ।

म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरुले सोचीदिनु भएको भए हुने । मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरुले खोजि पत्रकारीता गरेर समय बर्वाद गर्नु पर्थेन । थाहा छ हजुरको यो पत्रकारीताको धर्मले मलाई कति असर गरेको छ ? अनुमान लगाउन सक्नु हुन्छ यस्ले मेरो मानसपटमा कति हानि पुय्राएको छ ?

के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर ? न देशले केहि पायो न केहि गुमायो सिवाय हजुरहरुको सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट ।

हजुरहरुको खोजि पत्रकारीताले मैले भोगेका दुःख, पिडा, अपमान किन देख्दैन ? थाहा छ कलाकारहरुले हरेक पाईलामा कति अपमान सहजु परेको हुन्छ ? अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ति जा भनियो नत्र उहाँहरुले चाहे सम्म गाएको गाएकै गर्न निर्देश गरीयो, हाम्रै संगीत क्षेत्रको अभिभावकले ।

त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दर्वेवहार गर्ने खोज्यो र मैले त्यस्को तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ति हैन र ? यस्ता कुरामा सजक हुने पर्ने हैन र ?

अरुपनि धेरै छन् जस्मा संचारकर्मीहरुले सानो कलम चलाईदिँदा सभ्य समाजको निर्माण हुन सक्छ । जस्ले गर्दा कालाकार देशको गहना हो भनेझै सहि सम्मान पाउन सक्छन् ।

अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझै सम्बन्ध भएका संचारकर्मीहरुलेपनि मलाई यसरी मानसिक पिडा दिन केहि कसुर छाड्नु भएन । जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पिडा किन नपुर्याओस ।

सारंसमा भन्न चाहान्छु, म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो, खेद प्रकट छ ।
धन्यवाद

अगाडिकाे पाेस्ट

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

अर्काे पाेस्ट

हलिउडको झल्को दिने नेपालि फिल्म ‘गोर्खा वारियर’को दमदार ट्रेलर (ट्रेलर सहित)

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana