इटहरी/ बरिष्ठ गायक तथा संगीतकार योगेश वैधको निधन भएको छ । ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता कालजयी गीतका सर्जकको निधनले सिंगो संगीत उधोग शोकमा डुबेको छ । उमेरले ७७ वर्षका वैधको बिहिबार राति साढे १२ बजे निधन भएको हो ।
मधुमेह रोगले लामोसमयदेखि पिडित बनेका उनको काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको हो । नेपाल भाषाका गीत समेत गाएका उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
Discussion about this post