इटहरी/ सिमानामा काँडेतार हस्ताक्षर अभियान सहित देशव्यापी विशेष च्यारिटी शो गर्दै फिल्मको प्रचारप्रसार पनि गरिरहेको ‘काँडेतार’ युनिटले गीत सार्वजनिक गरेको छ । ‘सके जोवन दिउँला माया’ बोलको गीत सार्वजनिक गर्दै डिजिटल प्रचारप्रसारलाई फिल्म निर्माण युनिटले बाक्लो बनाउने जमर्कोमा छ । यो फिल्म यहि आउँदा फागुनको २५ गतेदेखी देशव्यापी प्रदर्शनम आउँदै छ ।
यो मितिमा अन्य २ नेपाली फिल्म ‘रङ्गेली’ र ‘उपहार’ समेत प्रदर्शन हुँदैछ । त्यसैले भिडन्त रोचक बन्ने अड्कल गर्न सकिन्छ । सार्वजनिक ‘सके जोवन दिउँला माया’ बोलको गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत र उदय राज पौडेलको एरेन्ज समावेश छ भने सत्यकला राई र विक्रम राईले गीतमा स्वर दिएका छन् । हेर्नुस भिडियो
सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड छन् । सामना फिल्म्स प्रालिको प्रस्तुतिम निर्माण भएको फिल्म काँडेतारलाई नवल खड्काले निर्देशन गरेका हुन् । नवलकै लेखन रहेको फिल्म ‘काँडेतार’को कार्यकारी निर्माता सत्यकला राई र निर्माता माकिको राई र अन्जु केसि हुन् । फिल्मको प्रमुख भूमिकामा नवल आफै नै देखिएका छन् ।
Discussion about this post