इटहरी/ दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजीक कथामा बन्नेछ । चलचित्रको निर्देशन नवराज श्रेष्ठले गर्ने भएका छन् । सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरि सकेका छन् ।
यो उनको निर्देशकीय पहिलो चलचित्र हुनेछ । पदम बिस्वकर्माले लेखेको कथामा चलचित्र बन्ने भएको छ । दि पाल्म ग्रुपले निर्माण गरेको चलचित्र ‘टुल्की’ ले यसै बर्ष चलचित्र विकास बोर्डले प्रदान गर्ने बिसेष चलचित्र पुरस्कार जित्न सफल भएको थियो । सामाजीक कथामा नै चलचित्र बनाउन रुचि राख्ने निर्माता लामाले ‘लुसु’ पनि बिसेष रहने बताए ।
नवराज श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा अजय स्यांङतान मुख्य सहायक निर्देशक रहनेछन् । नृत्य निर्देशन तथा कलाकारको भूमिकामा लिगेश भट्टराई अनुबन्धित भएका छन् । चलचित्रमा काम गर्ने अन्य कलाकार तथा प्राबिधिक छनोट कार्य भई रहेको निर्माता लामाले बताए । चलचित्रको बारेमा अन्य जानकारी छिट्टै प्रेस रिलिज मार्फत दिइने निर्माण टिमले जानकारी दिए ।
Discussion about this post