इटहरी/काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले ‘पागलपन’ र ‘माया’ बोल रहेको एक/ एक गीत सार्वजनिक गरेका छन् । फरक शैली र सङगीतको माधुर्यतालाई बुझेर बुझेर तयार गरिएको ‘पागलपन’ मा गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् । उक्त गीतको भिडियोमा रचनाकार पदम लोहारसँगै अभिनेत्री शिल्पा मास्केले अभिनय गरेकी छिन् ।
दुवै गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने ‘माया’ गीतमा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएकी छिन् । ‘आजभोली गीत गाउने गायकलाई दोस्रो हरफ गाउँदा पहिलो हरफ याद हुदैन । मलाई यो प्रक्रियाले रेडियो नेपालको दिनलाई स्मरण गरायो । यस गीतको शब्द भाइरल हुने प्रकृतिको नभई मिठास बोकेका छन्’, गायक आचार्यले भने । गीतमा अभिनेत्री पूजा शर्मासँगै गीतकार लोहार देखिएका छन् ।
Discussion about this post