इटहरी/नेपाली भाषामा बनेको फिल्म ‘हिटम्यान’ १६ भाषामा प्रदर्शन हुने भएकाेछ । फिल्मका नायक तथा निर्देश विष्णु अधिकारीले १६ भाषामा विश्वभर प्रदर्शनको तयारी भएको जानकारी दिए । ‘अमेजन प्राइममा रिजिल हुने पहिलो नेपाली फिल्म हुनेछ’, उनले भने ।
नेपाल, भारत र पाकिस्तानको सामाजिक सम्बन्धलाई उठान गरिए को यो फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी, चिनियाँ लगायतका भाषामा प्रदर्शन हुनेछ । आउँदो फेब्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ ।
नेपाल-भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म हिटम्यानमा विष्णु अधिकारीसँगै नायिका आँचल शर्मा र प्रशान्त ताम्राकारको अभिनय छ । दक्षिण भारतीय सिनेमा रुचाइरहेका नेपाली दर्शकले हिटम्यानलाई हिट बनाउने अधिकारीको विश्वास छ । नाइन्टी नाइन सिनेमाज र इस्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक अधिकारी निर्माता र सन्नी लावती सहनिर्माता छन् ।
Discussion about this post