Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘सतीदेवी’ को फर्स्टलुकको सर्वत्र चर्चा

✍ परिकला न्यूज
मंसिर ११, २०८० मा प्रकाशित
‘सतीदेवी’ फर्स्टलुक: मलिकालाई कालोमोसो दलेर जुत्ताको माला, किन लखेट्दैछन् गाउँले ?

इटहरी/सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको फर्स्टलुकमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेको देखिएकी छिन । उनलाई गाउँलेहरुले लखेटिरहेका छन् ।

यसअघिका चलचित्र तथा म्युजीक भिडियोका कारण लभर गर्लका रुपमा परिचीत भएकी मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने मिहिनेती अभिनेत्रीका रुपमा लिन थालिएको छ । फर्स्टलुकबाटै चर्चाको चुलिमा परेको ‘सतीदेवी’ को अगामी दिनका प्रचार सामाग्री,टिजर,टेलर तथा गीत कस्तो होलान् भनेर अहिले दर्शकमाझ कौतुहलता बढेको पाइएको छ ।

‘सतीदेवी’ को फर्स्टलुकको तारिफ गर्दै दीपकराज गिरी,रेखा थापा,पूजा शर्मा,केकी अधिकारी,बर्षा शिवाकोटी,सुरक्षा पन्त,गजीत बिष्ट,प्रताप दासलगायतका सेलिब्रेटीले फेसबुकमा शेयर गरेका छन् भने सरोज खनाल,स्वस्तिमा खड्का,पल शाह,बर्षा राउत,कुन्साङ बमजनलगायतले इस्टामा शेयर तथा शुभकामना ब्यक्त गरेका छन् ।

सार्वजनीक पोस्टरमा रातो कुर्थासुरुवाल लगाएकी अभिनेत्री मलिका भाग्दै गरेकी छिन् । मुहारमा कालो मोसो दलिएको मलिकाको घाटीमा जुत्ताको माला भिराइएको देखिन्छ । उनका आँखाबाट आँशु झर्नुका साथै मुहारमा पीडाको पहाड प्रष्ट देखिन्छ । गाउँले पृष्टिभूमि चित्रित पोस्टर हेर्दा मलिकाले सामाजीक बिद्रोह गरेको आँकलन गर्न सकिन्छ ।

एउटा पोस्टरबाटै प्रयाप्त कुतुहलता जगाउन सफल चलचित्रमा मलिकाको भूमिका के हो ? त्यो भने निर्देशक सुवेदीले खुलाएका छैनन । उनले पोस्टरमा यो फिल्म आफ्नी स्वर्गबासी आमा तेजकुमारी र बा भक्तिराम सुवेदीमा समर्पित गरेको उल्लेख गरेका छन् । पोस्टरको एक छेउमा–‘इश्वरका उपहार,सृष्टि चलाउछन्,हैनन् कर्महारा, छोरी बुझौं,छोरी पुजौँ,यिनै संसार सारा..’ भन्ने कवितात्मक भाव प्रस्तुत गरिएको छ ।

जसबाट ‘सतीदेवी’ छोरी प्रदान चलचित्र भएको स्पष्ट संकेत मिल्दछ । निर्देशक सुवेदीले चलचित्र बिसुद्ध सामाजीक कथामा बनेको दावी गर्दै आइरहेका छन् ।
दिलासा कृएसन प्रालिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचिक्रको स्त्रिप्ट र गीत निर्देशक सुवेदी स्वयम्ले लेखेका हुन् । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् ।

मलिका शीर्ष भूमिकामा रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बाँनीया बालकलाकार अहम् भूमिकामा रहेको बताइन्छ । साथमा कुलदीप अधिकारी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,रमेश बुढाथोकी,भोला सापकोटा,सुजीता शिबाकोटी,सन्देश लिम्बू,मनिषा सापकोटा,बिमल श्रेष्ठ,इश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास,दीपा लामा,ममता गुरुङ र सवीन सुवेदीको स्वर छ । बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामीछाने र पार्श्व संगीत सम्राट थापाको छ । कुनाल कुँवरको कलर ग्रेडिङ रहेको चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनीक गरिने बताइएको छ ।

अगाडिकाे पाेस्ट

गायक आरिफ रफको स्वरमा ‘आउछौ की भनेर’ बोलको म्यूजिक भिडियो सार्वजनिक

अर्काे पाेस्ट

मुन थकाली र रिया लामा फिचर्ड ‘कदम कदम’ बोलको गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana