इटहरी/ भोजपुरी फिल्म उधोगका चर्चित सुपरस्टार खेसारीलाल यादवको फिल्म ‘निरहुवा हाजिर हो’ नेपालमा छायांकन गरिएको छ । फिल्मका नेपाल व्यवस्थापक सुवास काफ्लेका अनुसार अभिनेता यादवले आफ्नो फिल्ममा समाबेश ४ गीतसहित केही दृश्य छायांकनको लागि नेपाल आएको बताए ।
काफ्लेका अनुसार अभिनेता यादबको भारतको बिहारसहित नेपालको मधेस प्रदेशमा फ्यान पनि राम्रो भएकोले फिल्म छायांकनमा अवरोध पुग्ने हिसाबले फिल्मको छायांकन गोप्य राखिएको र पाँच दिनसम्मको नेपालमा छायांकन सकाएर टिम सहित उनी आइतबार पटना फर्किएको बताए ।
फिल्मको केहि दृश्य र गीत नेपालको पवित्र स्थल स्वयम्भू, भक्तपुर दरबार क्षेत्र, साँगा महादेव, नगरकोट र राजधानीको एक डिस्कोमा छायांकन भएको हो भने एक गीतमा अभिनेता यादबसँग नेपाली मोडल उषा उप्रेतीले पनि अभिनय गरेकी छन् । सप्पु नामले चर्चित अभिनेत्री शकुन्तला पनि आएकी थिइन् ।
Discussion about this post