इटहरी/फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘कंगारु’ निर्माणको घोषणा गरेका छन् । फिल्म ‘कंगारु’को निर्देशन बस्नेत आफैले गर्न लागेका हुन् । निर्देशक बस्नेत भन्छन् -‘फिल्म ‘लाखे’ भन्दा केही फरक कथा भन्न मन लागेको थियो । २ बर्ष लगाएर तयार पारिएको कंगारुका स्क्रिप्टमा दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’
फागुणदेखि छायांकन सुरु हुने भनेपनि अहिले सम्म कलाकार फाईनल नभएको तर छिटै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने यो फिल्म राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको निर्देशक बस्नेतले बताएका छन् ।
भने उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ । फिल्ममा सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ, टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता र फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलिया) रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ ।















Discussion about this post