इटहरी/ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हात्तीछाप’का निर्माता किरण नेपाली कार दुर्घटनामा परि घाइते भएका छन् । व्यक्तिगत कामका लागि सिन्धुली गएका थिए । निर्माता नेपालि सिन्धुलीबाट काठमाडौँ फर्किने क्रममा आइतबार दिउँसो सिन्धुलीको चौकीटार भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
पिच गर्दै गरेको बाटोमा ढुंगा छल्न खोज्दा कार सडकबाट ५० मिटर तल झरेको थियो । कार उनका साथी राजु थापामगरले चलाएका थिए । दुर्घटनामा परि आफ्नो हात, खुट्टामा चोट तथा ढाडको हड्डी समेत भाच्चिएको र थापा मगर भने सामान्य घाइते भएका नेपाली स्वयंमले बताएका छन् ।
घाइते नेपाली अहिले ट्रमा सेन्टरमा उपचाररत छन् । निर्माता नेपालीले फिल्म ‘पोई पर्यो काले’, ‘२ नम्बरी’ र ‘हात्तीछाप’ निर्माण गरेका छन् । उनको निर्माण रहेको फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
Discussion about this post