Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आज टिकाको दिनपनी कोशी प्रदेशमा ‘पशुपति प्रसाद-२: भष्मेडन’लाई उल्लेख्य शो

✍ परिकला न्यूज
कार्तिक ७, २०८० मा प्रकाशित
आज टिकाको दिनपनी कोशी प्रदेशमा ‘पशुपति प्रसाद-२: भष्मेडन’लाई उल्लेख्य शो

इटहरी/ गत शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा फिल्म हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । हिजो सोमबार पनि फिल्म हेर्ने दर्शकको संख्यामा कमी आएको थिएन् । आज मंलगबार अर्थात बडादशैंको टीकाको दिन भएकाले नेपालभरका सिनेममा घरले बिहानी शोमा फिल्म हल रहने गरेतापनी दिउँसोबाट पुन: सञ्चालनमा आउने छन् । आज टीकाको दिन पनि फिल्मले उच्च शो पाएको छ । काठमाडौंस्थित कमलपोखरीमा रहेको बिग मुभिजले दिउँसो १२ बजेबाट हल सञ्चालनमा ल्याउने गरि शो निकालेको छ ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले दरबार सिनेम्याक्समा २ बजे र इटहरीको सिनेफिल्क्सले १२:३० बाट पहिलो शो खोलेको छ । यता इटहरीकै इलाइट सिनेमा हलले पनि पशुपति प्रसाद-२: भष्मेडनलाई ३ शो दिएको छ । बिहानिको शो नराखे पनि इलाईटले दिउँसो २:३०, साझ ५:३० र रातिको ८:३० बजेको शो राखेको छ । यी ३ ओटै शोहरुमा बुकिङ भैरहेको हल संचालक नवराज केसीले जानकारी गराए । यस्तै धरान, बिराटनगर दमक र विर्तामोडका सिनेमाघरहरुमा पनि आज टिकाको दिन यो फिल्मले कोशी प्रदेशमा पनि राम्रो शो पाएको छ । यी संगै देशका अरु धेरै हलले २ बजेपछि मात्रै हल सञ्चालनमा ल्याउने गरी शो खोलेका छन् ।

काठमाडौं र मोफसलमा गरी दशैंको टीकाको दिन पनि फिल्म हलले ‘पशुपति प्रसाद २ : भष्मे डन’को लागि करिब १८० आसपासमा शो खोलेका छन् भने अझै शो बढ्न सक्ने छ । फिल्मप्रति दर्शकको क्रेज देखेर नै हल सञ्चालकले टीकाको दिन पनि यति धेरै शो दिनुभएको होला निर्देशक दीपेन्द्र के खनालले बताए । फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । जसको प्रभाव हलमाा देखिएको छ । टीकाको दिनपछि गाउँबाट धेरै मान्छे काठमाडौं फर्किने भएकाले फिल्मको व्यापार अझै बढ्ने अनुमान निर्माण टिमको छ ।

दर्शकबाट हामीले राम्रो साथ पाएका छौं, यसको लागि फिल्म हेरिसक्नु भएका सम्पुर्ण दर्शकलाई धन्यवाद । आगामी दिनमा पनि अझै धेरै साथ र सहयोगको अपेक्षा रहेको निर्माता खगेन्द्र लामिछानेले बताए । फिल्म हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको फिल्मका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।
फिल्मले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको थियो ।

अगाडिकाे पाेस्ट

टिकटकस्टार तथा डान्सर प्रीति पासवानमाथी ढुंगामुढा

अर्काे पाेस्ट

साइत अगाडि नै टिका लगाएर पाँचथर कार्यक्रममा गायिका एलिना चौहान

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana