इटहरी/ अभिनेता सुशील सिटौला हिट छैनन् तर, फ्लप पनि हैनन् । उनले खेलेका फिल्मले खासै बकस अफिसमा सफतता नपाएपनी उनको अभिनयको चर्चा भने चलिरहन्छ । यता उनले एक कार्यक्रममा साउथ फिल्महरु फिल्म जस्तै नलाग्ने बताएका छन् । फिल्म ‘होस्टेल रिटर्न्स’ बाट फिल्मी अभिनय करियर सुरुवात गरेका उनले अभिनय यात्राको सुरुवात भने नाटकबाट हो ।
आफुलाई धेरैले नचिनेको बारेमा प्रसङ्ग उठेपछी ‘पृथ्वीका खतरा एक्टरहरु हलिउडमै छन, उनिहरुलाई कसैले पनि चिन्दैनन् । म पनि सायद त्यस्तैमा पर्छु जस्तो लाग्छ’ । भन्दै जवाफ दिएका छन् । त्यहीक्रममा साउथ फिल्म फिल्म जस्तै लाग्दैन भनेका हुन् । उनले फिल्म भनेको हास्ने रुने मात्रै हैन भन्दै यो कुरालाई प्रष्ट्याउन ‘फिल्म हेरिसकेपछी आधीघण्टा चुकुल लगाएर रुने मान्छे बनाइदिन सक्नुपर्यो, हसाउनु नै छ भने बिहान देखि बेलुकासम्म एउटा मुड बनाइदिनुपर्यो त्यो फिल्म हेरिसकेपछी ।’ भनेका छन् ।
राम्रो कुरा कसैले पनि नचिन्दा उनले दुखेसो पोखेका छन् । सुशील पछिल्लो समय फिल्म ‘मायावी’ मा अनुबन्ध भएका छन् भने केहिसमय अघि प्रदर्शन भएको ऎंचोपैंचो फिल्ममा पनि अभिनय गरेका थिए । सो फिल्मबाट पनि उनले राम्रो तारिफ बटुलेका थिए । होस्टेल रिटर्न्स पछि गाजाबाजा, रणवीर, जुलेबीमा अभिनय गरेका उनले अनुप बरालको एक्टर स्टुडियोबाट अभिनय सिक्दै यो यात्रामा लागेका हुन् भने फिल्ममा आउनुअघि चर्चित नाटक ‘कोर्टमार्सल’मा अभिनय गरेका थिए ।
Discussion about this post