इटहरी/नायिका ऋचा शर्मा र कलाकार भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘कौसीद’को सेन्सर रोकिएको छ । कुमार भाष्करको निर्देशनमा बनेको
यस फिल्ममा बैंकबाट ऋण लिएपछि एउटा परिवारले भोग्ने समस्याको कथा देखाईएको छ । फिल्ममा बैंकबाट ऋण लिएपछि एउटा परिवारले भोग्ने समस्याको
कथा बोकेको फिल्म यति बेला भने आफै सेन्सर रोकिएपछि समस्यामा परेको छ ।
यो फिल्म प्रमोशनमा पनि निर्माणपक्षले चासो नदेखाको भन्दा फरक नपर्ला भने कुनै प्रचार प्रसार बिना नै हलमा पुगेको र शो पनि टुंगो लागेको फिल्म ‘कौसीद’लाई सेन्सर बोर्डले सेन्सरमा रोक लगाएको छ ।
फिल्मका निर्माता केदार भुषालका अनुसार, फिल्मको अन्तिम दृश्यमा सेन्सर बोर्डले काटछाँट गर्न भनेपछि निर्माणपक्षले बिहानीको शोजमा फिल्म रिलिज गर्न नसक्दा बिहानी शो हरु रद्द भएका छन् । सेन्सर बोर्डले भने अनुसार, फिल्मको अन्तिम दृश्यको सम्पादनको काम चलिरहेको र आज दिउँसो ३ बजेपछिको शोबाट मात्र हलमा फिल्म लगाउन सकिने निर्माताले बताए ।
Discussion about this post