इटहरी/हरेक चाडबाडको छेको पारेर त्यहि अनुरुपका गीत संगीत सार्वजनिक भई रहेका हुन्छन् । केहि समय अगाडी तीजको माहोलमा तीज गीतहरु धेरै नै सार्वजनिक भएका थिए । त्यस्तै दशैँ नजिकिदै छ, यहि क्रममा विभिन्न गीतहरु सार्वजनिक हुने क्रम जारी छ । दशैलाई मध्य नजर गर्दै देशको रक्षामा खटिने सशस्त्र प्रहरीको भेषमा ‘लाहुरे म त सोल्टिनी’ गीतको सार्वजनिक भएको छ ।
पल्टन भित्रको दशैको माहोलको वर्णन गर्दै ‘लाहुरे म त सोल्टिनी’ गीतको भिडियो पनि आकर्षक बनेको छ । सार्वजनिक म्युजिक भिडियोमा फौजीको एकता, माया, अनुसाशन र चेन अफ कमान्डको पालना गर्दै आफ्नो सिनियरबाट टिका थापेपछि रोमान्टिक शैलीमा नाचगानको चलनलाई चित्रण गरिएको छ । चाडपर्बमा घर जान नपाए पनि एकअर्काको खुसीलाई आफ्नो बनाउदै, रमाउनु पर्ने सन्देश बोकेको स्पष्ट भाव भिडियोमा देखिएको छ । हेर्नुहोस् भिडियो ।
नरेश एम. सि. को शब्द रचना रहेको गीतमा ऋषि खड्काले आफ्नो संगीत दिएका छन् भने केशव बाबुको म्युजिक अरेन्जमा कुमार राणाले मिक्सिङ्ग गरेका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गीतमा सागर आले मगर र अस्मिता अधिकारीले आफ्नो सुमधुर आवाज दिएका छन् । स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशनमा बनेको यस भिडियोमा नरेश एम. सि., अन्जली अधिकारी, वर्षा ठकुरी, बिष्णु राम भण्डारी लगायतका कलाकारहरुको जोडदार प्रस्तुति देखिएको छ । अजय रेग्मीको छायांकन रहेको म्युजिक भिडियोमा अनिमेष जोर्डेनको मेकअप तथा नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
Discussion about this post