Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

राज्यले टुलुटुलु हेर्दा बिदेशमा नेपालीहरु अकालमै मर्नु परेको छ : चलचित्रकर्मी अरुण प्रधान

✍ सुवास संकल्प
अशोज २४, २०८० मा प्रकाशित
राज्यले टुलुटुलु हेर्दा बिदेशमा नेपालीहरु अकालमै मर्नु परेको छ : चलचित्रकर्मी अरुण प्रधान

यो लेख फिल्म ‘१२ नेपाली एक चिहन’ का निर्माता तथा निर्देशक, नेपाल चलचित्र निर्देशक समाजका महासचिव र नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले तयार गरेका हुन् । यो लेखमा राज्य कायर भएर टुलुटुलु हेरिबस्दा नेपाली नागरिकहरुको बिदेशी भुमिमा हत्या र अकालमै मृत्यु भएको खुलाईएको छ भने रोजगारिको सिलसिलामा इराक पुगेका १२ नेपालिहरुको बीभत्स हत्या र इजरायलमा अध्ययनको सिलसिलामा रहेका १० नेपालिहरुको हालै हमासको आक्रमणमा मृत्यु भएका नेपालिहरुको प्रसङ्गलाई आधार बनाएर प्रधानले परिकला न्युज डटकमका लागी यो लेख तयार गरेका हुन् ।

“२०६१ साल भाद्र १५ गते रोजगारिको सिलसिलामा इराक पुगेका १२ नेपालिहरुलाई त्यहाँका बिद्रोही समुहले हत्या गरेका थिए । त्यो घटना घटेको १९ बर्षपछि २०८० असोज २१ गते फेरि इजरायलमा अध्ययनको सिलसिलामा रहेका १० नेपालिहरुको हमासको आक्रमणमा मृत्यु भएको छ । आखिर हामी नेपालिहरु पटक पटक किन यसरी मारिन्छौ बिदेशी भुमिमा ? युद्ध ग्रस्त क्षेत्र अनि जहाँ कुनै पनि बेला युद्ध हुन सक्छ त्यस्तो भुमिमा हामी किन यसरी पुग्छौ ? आफ्नो देशको भुमिमा रहने रहर कस्लाई हुदैन ? तर यो देशको दिनदिनै खस्कदै गाईरहेको अवस्था र बेरोजगारिको समस्याले गर्दा विभिन्न बहानामा हामी बिदेश पुग्ने गर्छौ र रोजगार गर्न थाल्छौ । चाहे जस्तो सुकै जोखिमको सामना नै किन गर्नु नपरोस् बिदेशमा रोजगारिको अवसर छ भने हामी तुरुन्तै हाम्फाल्ने गर्छौ । के यो सहि हो ? अहिले केही राम्रा राम्रा राष्ट्रले नेपालिको लागि भिसा फ्री गर्ने हो भने कति प्रतिशत युवा यो देशमा रहन्छौ ? आखिर किन यो बितृष्णा ? प्रश्न तपाईं हामी लाई अनि राज्यलाई ?

२०६१ सालमा ईराकमा मारिएका १२ नेपालीहरुलाई थाह थियो हामी इराक जाँदै छौ भनेर । त्यहाँ जुनबेला पनि जे हुन सक्छ भनेर । खोटाङ चिसापानीका राजेन्द्रले बेल्टारका आफ्नो भाइ पर्नेलाई भनेका थिए ‘भाइ मर्न लेखेको छ भने जहाँ पनि मरिन्छ, बाचेर आईयो भने टन्न गाठ कमाएर आईन्छ । पैसा धेरै ईराकमा नै पाईन्छ भाइ । त्यसैले ईराक नै जाने ।’ के हामी यति लाचार भै सकेका छौ ? राम्रो आम्दानिको लालचमा जस्तो सुकै जोखिम उठाउन तयार रहन । यो लाचारिपन आज भन्दा १९ बर्षअघि पनि थियो र अहिले त्यो क्रम झन झन बढदै गैरहेको छ । यहि परिणामको उपज हो त अहिले ईजरायलमा मारिएका १० जना नेपालिहरु ? गम्भीर भएर हामिले सोच्ने बेला आएको छ । राज्य गम्भीर हुने कि, हामी गम्भीर हुने ? दायित्व अनि जिम्मेवारी उत्तिकै हो । हामी सचेत नागरिक हौ, हामी सहजै राम्रा र नराम्रा छुट्याउनु सक्छौ । अमेरिका जान पाईन्छ भनेर हामी सजिलै देशको नागरिकता त्यागेर भुटानी शरणार्थी पनि हुन तयार हुन्छौ र राज्यका केही दलालहरुले सजिलै शरणार्थी पनि बनाई दिन्छन् । अनि हामी महिनौ लगाएर कहिले अनकन्टार जंगलको बाटो हुँदै, कहिले मालवाहक गाडिको कन्टेनरमा लुकेर अनि कहिले समुन्द्री मार्ग हुँदै आफ्नो ज्यान जोखिममा पारेर लाखौ रुपैया खर्चेर अमेरिका जान पनि तयार हुन्छौ ।

अहिले पनि विभिन्न मुलुकमा स्थापित भएर बस्नुभएका कतिपय एन.आर.एन.हरु त्यो बेला नक्कली जनयुद्ध पीडित भएर पुग्नु भएको थियो । अहिले वहाँहरु त्यहाको प्रतिष्ठित नागरिक भएर बस्नुभएको छ । हाम्रो स्कुलिङ यहि हो त ? यही स्कुलिङको परिणाम होत १० नेपालिको मृत्यु ? हामिलाई बिदेश जानू छ, कमाउनु छ, घर ठ्ड्याउनु छ, गाडी किन्नु छ अनि प्रतिष्ठित जीवन बिताउनु छ । अहिले हामी यहि सपनामा अल्झेका छौं । यहि सपना पूरा गर्ने क्रममा कहिले ईराकमा, कहिले इजरायलमा मृत्युको सामना गर्नु परिरहेको छ । हामिलाई थाह भएर होस या नभएर होस, जसरी पनि हाम्रो सपना पूरा गर्नको लागि कहिले जनयुद्ध पिडित, कहिले विद्यार्थी, कहिले प्रतिष्ठित चलचित्रकर्मी, कहिले संचारकर्मी र कहिले समाजसेवी लगायत अनेकौ रुप धारण गरेर त्यहाँ पुग्छौ । अहिलेसम्म हामिले हाम्रो समाज र भावी पुस्तालाई यहि सिकाईरहेका छौ । राज्य बसेर टुलुटुलु हेरि रहेको छ । किनकी उ पनि लाचार छ । उसका काम गर्ने सम्यन्त्र सबै काम नलाग्ने भएका छन् । उनिहरु आफ्नै कार्यमा लिप्त छन । कोहि भ्रष्टाचारमा, कोहि ठुला ठुला भाषणमा, कोहि समाजिक संजालमा नाटक देखाउन त कोहि आफ्नो दुनो सोझ्याउनमा लिप्त छन् । उनिहरुलाई कुनै मतलब छैन ।

दैनिक रुपमा १५०० देखि २००० युवाहरु बिदेश पलायन हुदैछन् । यो देश निर्माण गर्ने शक्तिहरुले अर्काको देश निर्माण गर्दैछन । रेमिट्यान्स आउँछ अनि हामी चल्छौ भन्दै राज्यका संयन्त्रहरु मख्ख परेर बसेका छन । हामी पनि एक पटक गम्भीर भएर सोचौ । हामी कहाँ किन र के का लागि जाँदैछौ ? त्यहाँको अवस्था बुझौ अनि धेरै पटक सोचेर निर्णय गरौ । हाम्रो अवसर र चुनौती बिदेशी भुमिमा मात्रै छ कि यहाँ पनि निर्माण गर्न सकिन्छ भनेर एकपटक सोचौ । ईराकमा १२ जना, ईजरायलमा १० जना र यो बिचमा कयौ नेपालिको बिदेशी भुमिमा मृत्यु अनि हत्या भएको छ । अब कुनै नेपालीहरुको रगत बिदेशी भुमिमा नबगोस् । हार्दिक श्रद्धाञ्जली ईराकमा मारिएका १२ जना, ईजरायलमा मारिएका १० जना र अन्य बिदेशी भुमिमा मारिएका नेपालिहरुलाई । ईजरायलमा रहेका अन्य नेपालिहरुको छिटोभन्दा छिटो नेपाल सरकारले उद्धार गरोस् ।”

अगाडिकाे पाेस्ट

डिग्री माईलासंग भागेको रेखाको उपहार हात्तीछापसंग भिड्दै

अर्काे पाेस्ट

यी हुन् छानिएका १८ जना ‘महागफाडी’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana