Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘परदेशी-२’ को प्रचारप्रसार गर्दै इटहरीमा प्रकाश सपुत र वर्षा सिवाकोटी

✍ सुवास संकल्प
अशोज २३, २०८० मा प्रकाशित
फिल्म ‘परदेशी-२’ को प्रचारप्रसार गर्दै इटहरीमा प्रकाश सपुत र वर्षा सिवाकोटी

इटहरी/ यहि असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ युनिट प्रचारप्रसार गर्दै पुर्व अर्थात कोशी प्रदेश आइपुगेको छ । टिमले पुर्वको केन्द्रको रुपमा रहेको इटहरीमा पत्रकार भेटघाट गर्दै ‘परदेशी २’ फिल्म हेर्दिन आग्रह गरेको छ । परिकला न्युज डटकमको सभाहलमा आयोजना गरिएको पत्रकार भेटघाटमा फिल्मका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेस बंसलको उपस्थिति रहेको थियो ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले ‘मौलिक नेपाली कथामा बनेको फिल्म भएको हुनाले सम्पुर्णले परदेशी २ हेर्न नछुटाउन’ अनुरोध गरिन् । यस्तै अभिनेता प्रकाशले पनि आफ्नो साङ्गीतिक करियर सुरु हुँदै गर्दाखेरी छायांकन भएको फिल्म भएपनी कहिले नमर्ने कथा परदेशी २ मा भएको हुनाले यो फिल्म नेपालिहरुको आफ्नै कथा रहेको सुनाए ।

यता परदेशी २ का निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारप्रसारमा हिड्दै गर्दा फिल्म निर्माणमा चुनौती रहेको र यो चुनौतीलाई सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए । इटहरीमा पत्रकार भेटघाट गर्दै फिल्म युनिटले इलाइट सिनेमा हल भिजिटपछि पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

इटहरीको विभिन्न मिडियामा अन्तर्वार्तापछि फिल्म युनिट धरानमा पत्रकार सम्मेलन तथा हल भिजिटमा गएको थियो । असोज २२ र २३ गतेका लागी पुर्व प्रचारप्रसारका लागी आएको फिल्म युनिटले भोलि अर्थात २३ गते दमक र बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम गर्नेछ । नारायण रायमाझीले निर्देशन गरेको ‘परदेशी २’ फिल्मलाई रायमाझी र राजेस बंसलले संयुक्त निर्माण गरेका हुन् । नारायण इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्म ‘परदेशी २’मा प्रकाश र वर्षाको अलावा केकि अधिकारी, दिलिप रायमाझी, प्रशान्त तामांग, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

आजमा र लिलिले जितिन् ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’को ताज

अर्काे पाेस्ट

बाल्यकालमा छुट्टिएका दुई मिल्ने साथीको कथामा ‘निर्णय’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana