इटहरी/२ दिन अगाडी ‘ निरजाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको केहि समयमै यस गीतले दर्शकको मायासंगै युट्युबमा लाईक तथा भ्युज बटुलिरहेको छ । एक नारायण भण्डारीको सुन्दर संरचनामा लेखिएका यस गीतका शब्दहरुमा हेमन्त शर्मा र अस्मिता अधिकारी आफ्नो स्वर दिएका छन् ।
सार्वजनिक गीतमा कम्पोज पनि गीतका गायक हेमन्त शर्माले नै गरेका हुन् । यस म्युजिक भिडियोलाई सुनिल छेत्रीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् भने सुनिल छेत्री भिडियोमा आफै फिचर्ड र उनलाई आस्मा विश्वकर्माले साथ दिएकी छिन् । नवराज उप्रेतीको छायांकन रहेको संगीतलाई अमृत चापागाईले सम्पादन गरेर पूर्णता दिएका छन् । हेर्नुहोस् भिडियो ।
कृष्ण बि.क. को म्युजिक एरेन्ज रहेको गीतमा श्यामश्वॆत रसाइलीले रिदम, साउन्ड मिक्सिंग तथा मस्टरिङ्ग गरेका छन् । बिमला तामाङ्गले मेकअप, संजिव बराइलिको गितार र हेमन्त कान्छा रसाइलीको सारंगी यो भिडियोमा रहेको छ ।
Discussion about this post