इटहरी/ अपराधिक छलकपट गरेको भन्दै अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय सुदर्शन थापाले निर्देशन गर्ने भनिएको फिल्म ‘रामायण’मा उनी अनुबन्ध भएका थिए । तर, उनले अनुबन्ध नभएको भन्दै अभिव्यक्ति दिएपछि निर्माता सुप्रीया कट्वालको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
निर्माता कटवालका अनुसार केसीले सो फिल्मका लागी १० लाख एड्भान्स लिएर सम्झौता पत्रमा साइन गरेको र आफुहरुलाई धोका दिएको निवेदनमा उल्लेख गरिएको छ । अभिनेता केसीलाई पक्राउ गर्न निर्माता कटवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् । खबर अनुसार केसी भक्तपुरको साँगाबाट पक्राउ परेका हुन् ।
Discussion about this post