इटहरी/ विश्वमा शान्ति फैलाउने अभियान लिएर १५० देशमा साइकल यात्रा गरेका पुस्कर शाहको अनुभवलाई समेटेर बनाइएको ‘पेडल्स अफ पिस’ नामक १ मिनेटको डकुमेन्ट्री नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा सम्पन्न हुने ‘योङ्ग क्रिएटिभ अवार्ड्स’ मा पुगेको हो । अविनाश के छेत्रीले लेखन र निर्देशन गरेको डकुमेन्ट्रीलाई सुसान ठटालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । डकुमेन्ट्रीमा आभाष उप्रेतीको व्यागराउण्ड स्कोर रहेको छ ।
विश्वभरीबाट थुप्रै देशका मेकरले यो अवार्डमा भाग लिएका छन् । यहि वर्षको नोभेम्बरमा अवार्ड सेरेमोनीको आयोजना हुनेछ जसमा १६३ वटा शान्ति दर्शाउने फिल्महरु समावेश छन् । हरेक वर्ष ‘इन्टरनेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एण्ड साइन्स’ले विश्वभरी बनेका सिरिजहरुका लागि ‘अन्तरास्ट्रीय एमी’ अवार्डको आयोजना गर्छ । ‘२०१७ देखि ‘एमि’ले न्युयोर्कमा रहेको ‘जेसिएस इन्टरनेसनल’ मिडिया कम्पनिसंगको सहकार्यमा ‘योङ्ग क्रिएटिभ अवार्ड्स’ नामक नयाँ सेगमेन्टको सुरु गर्यो ।
यो क्याटेगोरी विश्वभरीका युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्न र विश्वभरी शान्तिको सन्देश पुर्याउनको लागि सुरु भएको हो । यहि अवार्डमा पुगेको डकुमेन्ट्री ‘पेडल्स अफ पिस’लाई भोट गरेर टप ट्वान्टीसम्म पुर्याउन सकिने निर्देशक अविनासले बताएका छन् । भोटिङ्ग सेप्टेम्बर २२ सम्म खुल्ला हुनेछ । डकुमेन्ट्री हेरेर भोट गर्नका लागि यो लिंक https://bit.ly/45W9ke4 क्लिक गरि ‘पेडल्स अफ पिस’ नामक फिल्ममा भोट गर्न सक्नुहुनेछ।
Discussion about this post